अनलाईन साहित्यिक हाजिरी जवाफ प्रतियोगिताको तेह्रौं भाग सार्वजनिक ।
विनेसाम/अनेसास साउदी अरेवियाले संयुक्त रुपमा यो प्रतियोगिताको आयोजना गरेको हो । विश्वमा छरिएर रहेका नेपालीहरुलाई नयां ज्ञान र वुद्धिको श्रृजना हुन अति नै सहयोगी हुने देखिन्छ यो प्रतियोगिता । अझै भन्ने हो भने सम्बन्धित क्षेत्रका युवा वर्गहरुलाई बौद्विक विकासमा केही सानो-तिनो सहयोग पनि यस प्रतियोगिताले दिलाउने हामीले अपेक्षा राखेका छौं ।
यस प्रतियोगितामा भाग लिनको लागि निम्न नियमहरु पालना गर्नुपर्नेछ ।
1, विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगितामा भाग लिन पाउने छैन ।
2, विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगितामा भाग लिन पाउने छ ।
3, सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगिलाई क्वीज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यालय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तान्तरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
4, लगातार ३ पटक सम्म क्वीज मास्टर अफ द मन्थ भएमा क्वीज मास्टर अफ द इयर छानिने छ जसको लागि नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
5, प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधिने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
6,महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
7, प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखिने छ ।
8, बर्षको एक पटक संकलन गरि सबै रेर्कडहरु समाबेस गरि एक संकलन पुस्तक निकालिने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहित प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ-संस्था/व्यक्तिले ३ महिना बराबरको प्रायोजन गर्न अनिवार्य छ तर सह प्रायोजनको लागी न्युनतम एक महिनाको लागि प्रायोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहनु हुने संघ-संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगाना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अनलाईन साहित्यीक प्रश्नहरु भाग १३
१ प्रसीद्व टेली चलचित्र उशामा उशा बनेर अभिनय गर्ने पात्रको नाम के हो ?
२ योग्यता जन्मजात हो भने शिक्षा के हो ?
३ नेपालमा राष्ट्रिय चलचित्र दिवस कहिले मनाईन्छ ?
४ अग्लोमा हिमालय जस्तै लामोमा के हुन्छ ?
५ कालुगाण्डेको वास्ताविक नाम के थियो ?
६ शंखधर साख्वलाई राष्ट्रिय विभूति कहिले घोषणा गरिएको हो?
७ भिमशेन थापाको टाउको अहिले पनि सुरक्षित राखिएको छ अब भन्नुहोस उक्त टाउको कहां छ ?
८ मकालु हिमाल कुन हिमश्रृङ्गखलामा पर्दछ ?
९ विश्वकै सबै भण्दा ठूलो खाडी कुन हो ?
१० विश्वकै सबै भन्दा अग्लो ठांउमा रहेको होटल कुन हो र त्यो कहां पर्दछ ?
११ सगरमाथा चढ्ने विश्वका महिलाका क्रममा पासाङ्ग ल्हामु शेर्पा कतिऔं महिला हुन ?
१२ मोटरले कुन ग्यास फाल्दछ ?
१३ चन्द्रमामा पहिलो पाईला टेक्ने व्यक्ति को हुन र उनले कहिले चन्द्रमामा पहिलो पाईला टेकेका थिए ?
१४ विश्वको पहिलो टेष्ट ट्यूव बेबीको नाम के हो ?
१५ नेपाली चलचित्रका भिष्म पितामह भनेर कस्लाई चिनिन्छ ?
१६ प्रशिद्व तिर्थ स्थल गौंरति भिमशेनको मन्दीर नेपालको कुन जिल्लामा पर्छ ?
१७ ख्याति प्राप्त अभिनेत्री मौशमी मल्लको पहिलो चलचित्र के थियो ?
१८ विष्णु प्रसाद सापकोटा कुन ख्याति प्राप्त कलाकारको नाम हो र उसको बास्तविक घर कहां हो ?
१९ हालसालै केन्द्रिय तथ्यङ्क विभागले नेपालको गरिबी कति प्रतिशत देखाएको छ ?
२० बिप्पा भनेको के हो ?
२१ श्री स्वस्थानी अनुसार कति ओटा भुवनहरु छन ?
२२ तत्कालीन श्री ५ विरेन्द्रले नेपालको शान्ति क्षेत्रको प्रस्ताव कहिले राखेको थियो ?
२३ कुन जनवारको रिसाएको बेलामा रातो पसीना आउंछ ?
२४ जिब्रो भएर पनि आवाज नआउने जनलारको नाम के हो ?
२५ कुन जिवले आफ्नो पंखेटाबाट स्वाद लिन्छ ?
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
निर्णायक मन्डलः
खगेन्द्र अधिकारी अमृत तिलक गुरुङ्ग सुर्य विक्रम याक्खा सुरज गिरी र सागर श्रेष्ठ
प्रायोजकहरुः
सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
दुर्गा बहादुर भण्डारी
तिलक गुरुङ्ग
विष्णु बहादुर थापा
कुमार श्रेष्ठ
सुर्य विक्रम याक्खा
दिल कुमार श्रेष्ठ
मायां श्रेष्ठ
दुर्गा गुरुङ्ग
निरा राजवंशी
जिवन थापा मगर
मिडिया पाट्नरहरुः
१, प्रवासी नेपाली डट कम्
२, नेपाल समुह डट कम्
३, डि सी नेपाल डट कम्
४, अभियान टाईम्स साप्ताहिक
५, विश्व नेपाली साहित्य महासंघ
६, मुग्लानी सौगात
७, नेपाल अरब डट कम्
८, पि एन एन अनलाईन रेडियो
९, स्वतन्त्र नेपाल डट कम्
१०, मेरो श्रृजना ब्लग स्पोट डट कम्
११, मेरो नेपाल ब्लगसम डट कम्
१२, विनेसाम साउदी अरेविया
१३, ई लमजुङ्ग डट कम्
१४, सामाजीक साजाल फेसबुक
१५, रमाईलो चौतारी ब्लग स्पोट डट कम्
१६, नेपाली समाचार डट कम्
१७, साहित्य घर डट कम्
१८, श्रृजनाका लहरहरु अनलाईन रेडियो
अन्य तंपाईले आफ्नो साईटमा अपडेट गरेर हामीलाई जानकारी दिन सक्नुहुनेछ । हामी तंपाईको साईट वा मिडियाको नाम पनि मिडिया पार्टनरमा सह-भागी गराउने छौं ।
भाग १२ मा सोधिएका प्रश्नहरुको जवाफहरु :
१ वि. स. २००७ साल
२ नारायणी नदी
३ खोटाङ्ग जील्लामा
४ दुवो
५ फिनिस
६ कांस्की जील्लामा
७ २०५९ साल बैशाष १० गते
८ भंगेरा
९ २०६० साल माघ १२ गते
१० मसी
११ १९०३ साल अशोज २ गते
१२ दियालो बंगाला चितवन
१३ २०४२ साल पौष १४ गते बाट
१४ बेनेजिर भुट्टो
१५ मंसीर र पुश
१६ २०५५ साल मंसीर १० गतेबाट
१७ एमोनिया
१८ लम्बाई ८८५ कि मी र चौडाई अधिकतम् २४१ ीक मि र न्युनता् १४५ किमि सरदर १९३ कि मि
१९ सिन्धुली
२० शम्भुजीत बासकोटा
२१ गौंथली
२२ वरिष्ठ साहित्यकार होमनाथ सुबेदी
२३ उत्तर कोरिया
२४ निलो
२५ ५० औं स्थानमा ।
यस साहित्यीक हाजिरी जवाफ प्रतियोगिता भाग १२ मा २२ अंक ल्याएर नितिका प्रधान विराटनगरबाट प्रथम क्विज मास्टर अफ द मन्थ हुनुभएको छ वहांलाई बधाई छ। सम्पूर्ण सहभागी र प्रयासरत अन्य पाठक र यस कार्यक्रम सफल बनाउनलाई आ-आफ्नो ठाँउबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्ण महानुभाबहरु प्रति कृतज्ञता प्रकट गर्दछौं आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोग र सहभागीताको अपेक्षा गर्दछौं ।
सहभागी संख्या १९ जना सबै भन्दा बढी मिलाएको २२ र सबैभन्दा कम मिलाएको १७ ।
हाजिरी जवाफ प्रतियोगिता समुह

अँग्रेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केही महिना अघि सन् १८१४ अर्थात आषाढ २९ गते सँवत १८७१ का दिन भानुभक्तको जन्म भएको थियो । पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रम्घा गाँउ उनको जन्म एउटा सम्पन्न तथा सभ्रान्त ब्राहमण कुलमा भएको थियो ।