December 7, 2005

होम नाथ सुवेदीको व्यक्तिवृत्त

१. नाम होम नाथ सुवेदी
२. पिताको नामः जि.मु.हरिलाल उपाध्याय
३. माताको नामः तुलसी देवी सुवेदी
४. जन्म मिति ः अक्टुवर १०, १९४७, जन्म स्थानः ताकम वडा नंबर ३, म्याग्दी, धवलागिरि अञ्चल, नेपाल
५. शिक्षाः एम्.ए. -नेपाली) र बि.एड्., एम्.एड्. तहको शिक्षा शास्त्रको अध्ययन तर अपर्ूण्ा, पर्ूर्वीय तथा पश्चिमी दर्शनको स्वाध्ययन नेपालमा र अमेरिकामा स्क्रिप्ट राइटिङ्ग तालीम गरेको अनि भाषा साहित्य सम्वन्धी केही कोर्श गरेको Isotope Ir-192 and AU-198 Gold assembly and handling and Radiation safety training in USA.
६. समाज सेवामा प्रवेशः
‘अन्नपर्ूण्ा पुस्तकालय’ ताकम जफदीको स्थापना गरेर यौटा पुस्तकालयको संस्थापकको हैसियतबाट समाज सेवामा प्रवेश ।
७. संलग्न संघ संस्थाहरुको विवरणः
१. ‘अन्नपर्ूण्ा पुस्तकालय’ ताकम जफदी, म्याग्दी पुस्तकालयको संस्थापक
२. ‘’धवलागिरि जन क्लब’ काठमाडौको संस्थापक अध्यक्ष
३. ए.एन्.एस्. (America Nepal Society) वाशिङ्गटन डि.सी. को उपाध्यक्ष, त्यसको ‘’नेपाली भाषा समिति” को अध्यक्ष
४. नेपाल हयुमेन राइटस् कमिटी, यु.एस्.ए. को कार्यकारिणी समितिको सदस्य,
५. ए.एन्.ए. Association of Nepalese in the Americas को र् इ.१९९४को डि.सी. संमेलनको उपाध्यक्ष र त्यसपछि ए.एन्.ए. काकासको पदाधिकारी प्रधान संपादक, मुखपत्रको संपादक
६. एन्.सी.एन्.सी.को “दियालो” को उत्तरी अमेरिकाको प्रतिनिधि
७. Nepalese American concil किो संस्थापक सदस्य
८. अनेसास International Nepali Literary Society को संस्थापक अध्यक्ष
९. सल्लाहकार, काली गन्डकी मैत्री समाज, अमेरिका
८. उल्लेखनीय कार्यहरुको विवरण ः
१. ‘अन्नपर्ूण्ा पुस्तकालय’ ताकम जफदी, म्याग्दी पुस्तकालयको स्थापना
२. ‘’धवलागिरि जन क्लब’ काठमाडौको स्थापना
३. ए.एन्.एस्. (America Nepal Society) वाशिङ्गटन डि.सी. को
“25 Years of ANS” VIDIO documentary को निर्माणबाट समाजसेवीहरुको इतिहास निर्माणबाट सकारात्मक भावना विकाश तथा अमेरिकामा नेपाली भाषामा लेख्ने लेखाउने र भिडियोहरु बनाउनतिर अग्रज भूमिका खेलेको ।
४. नेपालमा हयुमेन राइटस्को लागि अमेरिकाबाट सत्प्रयास,
५. ए.एन्.ए. Association of Nepalese in the Americas को र् इ.१९९४को डि.सी. संमेलनको उपाध्यक्ष भै नेपाली संस्थाहरुको बीच “Partnership” रहुनर्ुपर्छ भन्ने ससक्त धारणालाई अग्रसर गरेको ।
६. अखिल नेपाली अमेरिकी संगठनको मुखपत्रको संपादन गरेको र त्यसमा नेपाली भाषालाई र साहित्यर्साई विशेष पृष्ट दिने क्रम प्रारंभ गरेको ।
७. ए.एन्.एस्. (America Nepal Society) वाशिङ्गटन डि.सी. को मुखपत्रमा नेपाली भाषा र साहित्यलाई सधै विशेष पृष्ठ छुट्याउने परंपरा बसालेको ।
८. Nepalese American concil किो प्रथम विधानमा हस्ताक्षरकर्तामध्ये एक ।
९. अनेसास International Nepali Literary Society को संस्थापक अध्यक्ष रही यसका सबै तह र पक्षमा काम गरिसकेको र हाल त्यसको Board of Trustee को अध्यक्ष ।
१०. ‘अन्तदर्ृष्टि’ साहित्यिक त्रैमासिक पत्रिकाको प्रधान संपादक रही पत्रिका
संपादन गरेको ।
११. ‘धवलागिरि’ साहित्यिक त्रैमासिकको संपादन
१२. शिक्षा मुखपत्रको संपादन
१३. निम्न लिखित पुस्तकहरुको लेखनः
“न्याउली” बि.सं.२०४३, “नजर” बि.सं.२०४४, “त्रिमर्ूर्ति” बि.सं.२०४४, “वीणा” बि.सं.२०४५, “रत्ना” बि.सं.२०४३, “द्यौराली” बि.सं.२०५१ र “अड्ढुर” वि.सं.२०५३, उपन्यास हुन् भने “”प्रवासी स्वर” कविता-संग्रह बि.सं.२०५४, “नेपाली लोक कथा” बि.सं.२०५२,तथा “ताकम दर्पण'’ बि.सं.२०५५,पुस्तकहरु प्रकाशित छन् । यो समाज महाकाव्य धारावाहिक रुपमा नेपालीपोष्ट डट् कममा प्रकाशित भैरहेछ ।
१४. निर्दलीय पंचायत व्यवस्थाको विरुद्ध जेेल खानु मुस्ताङ्गमा बाग्लुङ्गमा जेल र पोखराका जेलमा तीन महिनासंम समाजको लागि यातनाहरु भोगेको,
१५. बहुदलीय जनवादी पार्टर्ीीे महासचिव भै सोही पार्टर्ीीे टिकटमा २०५४ सालको आम निर्वाचनमा संसदको लागि बहुदलीय जनवादी पार्टर्ीीे उमेद्वार भएको र त्यसलाई चुनाउ जित्ने भन्दा बढी जनतालाई मत न बेच्ने शिक्षा दिनमा महत्व दिइएको थियो यो प्रचार यात्राको उद्देश्य नै प्रजातान्त्रिक समाजमा जनताको दायित्व के हो त्यसको व्यापक व्याख्याले हाम्रो समाजलाई स्वस्थ बनाई कल्याणकारी दिशातिर प्रेरित गरेर समाज सेवा गर्नु थियो । हार र जीतसित यो चुनाउ प्रचार अभियानको कुनै ताल्लुक थिएन । समाजसेवा नै यसको उद्देश्य थियो
९. समाज सेवी जीवनको आर्दशः
समाज सेवाले मानवजीवनमा सामाजिक यथार्थको वस्तुगत मूल्याङ्गन गर्दै
समाजकल्याणको सर्वोत्तम पथको पर््रदर्शन गर्दछ ।
१०. समाजसेवी जीवनका अप्ठयाराहरुः
मैले नेपालमा सेवा गर्दा पाएको अप्टारो के हो भने जनता अशिक्षित भएकोले आफ्नो आदर्श न बुझिदिने अर्कोतिर सरकारको यन्त्रले टेवा दिनुको सट्टा उल्टो निरुत्साहित गर्ने हो । तथापि नेपालमा बसेर समाज सेवा वा साहित्य सेवा गर्नु भनेको संपर्ूण्ा स्रोत र साधनको बीचमा बसेर सेवा गर्नु हो ।
यो अनुकुल सेवा हो । विदेशमा टाइपिस्टको अभाव, प्रेसको समस्या, नेपाली भाषा र साहित्यका सर्न्दर्भ-ग्रन्थहरुको अभाव, लेखक संपादकहरुको न्यूनता, विचारमिल्दा मान्छेको अभाव इत्यादि कुरासित जुधेर सेवा गर्नु भनेको निकै गाह्रो कुरा हो । अझ आजभन्दा १०, १५ वर्षपहिले झन गाह्रो थियोः नेपालीमा फन्ट र टाइपिङ्गको अभावले । आज इन्टरनेटको सुविधाले फन्टको समस्या टरे पनि अझै धेरै समस्या बाँँकी छन् तिनसित जुधेर, तिनलाई जितेर मात्र बिदेशबाट नेपाली भाषा र साहित्यको सेवा गर्न सकिन्छ । यी प्राविधिक फरक मैले पाएको छु । अर्को पक्ष के भने प्राणीले आत्मसन्तुष्टि दिने कामलाई बढी प्रश्रय दिन्छ । बिदेशमा हुने माया प्रेम खास गरी मातृभूमिको लागि स्वदेशमा छँदा हुन्न । विदेशमा छँदा नेपाली साहित्यप्रति प्रेम र त्यसको सेवाले बढी आत्मतृप्ति दिने भएकोले बढी साहित्य-सेवा गर्न धेरै अगाडि सरिन्छ । यो आत्मानुकूल परिवेश बन्नुचाहि बिदेशबाट नेपाली भाषा र साहित्यको सेवा गर्नको लागि सकारात्मक पक्ष हो । यही कारण हो कि प्रवासबाट नेपाली साहित्यको सेवा प्रशस्त हुने गरेको छ र हामीले पनि अनेसासबाट नेपाली भाषा र संस्कृति सिकाउन “नेपाली भाषा तथा संस्कृति विद्यालय” चलाइरहेका छौं । म त्यो स्कूलको पाठ्यक्रम समितिको अध्यक्ष छु । यी प्राविधिक र मनोवैज्ञानिक विभेद कठिनाइहरु मैले पाएको छु ।
११. नेपालको समाज सेवाप्रतिका धारणाः
समाज सेवा एक मानवीय लक्षण हो । यो मानवको लघु हैन महत् पक्षको बोधक हो । एक व्यक्तिको अस्तित्वको परिचायक हो । यदि धर्म समाजको लागि विष हो भने समाज सेवा अमृत हो ।
१२. समाज सेवामा लागेका व्यक्तिहरुलाई सुझावः
उग्रवामपन्थी र उग्रदक्षिणपन्थी विचारहरुको पर्ुवाग्रहबाट मुक्त भएर विचारको अभिव्यक्तिको स्वतन्त्रता तथा अर्थमा समानताको आदर्शलाई अगाडि राखेर र्सवकल्याणकारक पथलाई लक्ष्य मानेर नारा मात्र हैन कलात्मक साहित्यिक समाजको विकास गर्नु आजको नेपाल भित्रका समाजसेवीहरुको दायित्व हो । समाजमा पीडितहरुको संख्या कम गर्न सकियो भने मात्र अशान्तिको मात्रा कम हुन सक्छ । नेपाल भित्र शान्ति स्थापना हाम्रो कामना हुनर्ुपर्छ । यो त तत्कालिक कुरा हो । त्यस्तै नेपाल बाहिरका नेपाल मूलका नेपालीहरुले पितृभूमिको नेपालको संझनामा बेला बेलामा सामाजिक सेवा पुराइरहेका छन्, यो त खुशीको कुरा हुदै हो । यसको साथ एन.आर.एन.मा सकृय रहने र खास गरी नेपाली भाषा साहित्यको लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको विश्व नेट वर्कमा संलग्न भएर आ-आफू बसेको राष्ट्रबाट सामुहिक रुपमा वा व्यक्तिगत रुपमा लेखनलाई निरन्तरता दिने अनुरोध गर्दछु । मेरो विचारमा साहित्य सेवा यौटा संस्कृत समाजसेवा नै हो । त्यसैले उक्त कुरा बाहेक स्रष्टाहरुले तत्कालीन साहित्य सिर्जना मात्र हैन कालजयी, भौगोलिक सीमाहीन प्रयोगात्मक सत्यको जो चिरस्थायी हुन्छ त्यस्तो नवीनतम साहित्य सिर्जना गरेर यौटा सुन्दर समाजको निर्माणमा लाग्न आह्वान गर्दछु ।
१३. सम्मान, पुरस्कार र विभुषण आदिः
१. “अड्ढुर” वि.सं.२०५३, उपन्यासका लागि रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५४
२. रत्न श्रेष्ठ पुरस्कार गुठीद्वारा बाग्लुङ्ग बजारमा २०५५मा स्वागत अभिनन्दन
३. धवलागिरि जनक्लब, सनातनधर्मसेवा समिति, अन्नपर्ूण्ा पुस्तकालय र आमा समूहद्वारा संयुक्त रुपमा २०५४ मा ताकम, म्याग्दीमा अभिनन्दन
४. बेस्ट मेडिकल इन्टर्न्याशनलबार्टर् इ.१९९६ मा 15 years appreciation plaque (1996)
%= Association of Nepalese in the America’s Convention in Boston honored with an appreciation plaque in 1997.
6. The International Society of Poets (ISP) awarded Mr. Subedi with “Poet of the Merit Award Medal” and “Outstanding Achievement in Poetry Silver Award Cup” on the 17th day of August, 2003 during International Society of Poets Summer Convention and Symposium in Washington D.C.
I currently serves as distinguished member of ISP. This is the first time Nepal has been represented in this International Literary convention.
^= “Association of Nepalese in the Americas” र अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास) केन्द्रिय कार्यालय वाशिङ्गटन डी.सी. र अनेसास एरिजोना नभाडा शाखाको आयोजनामा अखिल नेपाली अमेरिकी संगठन -एएनए) को सम्मेलन क्षेत्र फिनिक्स अरिजोनामा जुलाई २, २००४ का दिन एक साहित्यक गोष्ठी सम्पन्न भएको थियो र तीन दिनसंम भएको एएनए सम्मेलनको जुलाई ४ को एक रात्री भोज ९द्यबलत्रगभत० समारोहका बीच अनेसासका संस्थापक अध्यक्ष तथा वोर्ड अफ ट्रष्टीका सभापति हैसियतले साहित्यकार होमनाथ सुवेदीलाई नेपाल बाहिर रही गर्दै आएको नेपाली भाषा र साहित्यको सेवाको कदरका साथै चौध वर्षअगाडि अनेसास जस्तो अन्तर्रर्ााट्रय स्तरको संस्था स्थापना गर्न र नेपाली भाषा साहित्यलाई विश्वमा चिनाउन अग्रगामी भूमिका खेल्नु भएको भनेर “नेपाल बाहिरका नेपाली साहित्यका अग्रज” (”Pioneer of Nepali Literature in the Nepali Diaspora”) को पदवी सहित एक ताम्रपत्र -प्ल्याक) बाट संमानित ।
७. शोधः
शोधार्थी, बालकृष्ण शर्माबाट शोधशर्ीष्ाक “होमनाथ सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन”, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय नेपाली केन्द्रीय विभागअर्न्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षो छैठौं पत्रको शोधप्रयोजनको लागि, शैक्षिक सत्र २०५३/५३ मा शोधपत्र प्रस्तुत छ । प्रस्तुत शोधपत्रको निचोडमा सुवेदी पर्ूर्वीय एवम् पाश्चात्य मूल्य र मान्यताको राम्रो ज्ञान भएको साहित्यकार हुन् । उनी राष्ट्रियभावनाले ओतप्रोत मानवीय मनोजगत्को यथार्थ चित्र उतार्न सफल उपन्याससिर्जना गर्ने चिन्तनशील उपन्यासकार पनि हुन् । स्वदेशी र विदेशी भूमिबाट समेत नेपाली साहित्य र समाजको विकासमा मरिमेट्ने साहित्यकारका रूपमा उनलाई नेपाली साहित्यसंसारले पछिसम्म याद गरिरहने छ भनिएको छ ।
१४. स्वदेश तथा विदेश भ्रमणः
नेपालका करिब सबै अञ्चलहरु र विदेशमा भारतका कलकत्ता गंगासागर, मद्रास रामेश्वरम्, कन्याकुमारी, द्वारका, कुरुक्षेत्र, आगरा, दिल्ली, प्रयाग, बनारस तथा उत्तराखन्डका ४ धाममा गंगोत्तरी, जमुनोत्तरी, केदारनाथ र बद्री नारायणको यात्रा, अमेरिकाका विभिन्न राज्यहरुको यात्रा ।
१५. अन्य उल्लेखनीय कुराः
१. परिवारको परिचयः
होमनाथ सुवेदीको जन्मस्थान ताकम म्याग्दी हो तापनि हाल घर काठमाडौंमा घर छ साथै अमेरिका पनि ऐले श्रीमती नन्दा देवी सुवेदी, २ छोरा पुरुषोत्तम सुवेदी र प्रकाश सुवेदी, १ छोरी कल्पना सत्याल अनि ९ वटा नाति-नातिनासित स्थायी आप्रबास । वहाँ सबै सन्तान हृर्ुर्केर छोरा बुहारीसित र छोरी ज्वाइसित भै सबै वहाँसित छुटि्टएर छुट्टा-छुट्टै घर किनेर बसेका भए पनि वहाँ आफूलाई सबैको मालिक घर बूढोको रुपमा परिचय दिन चाहनुहुन्छ । वहाँको ‘हामी सबै एक हूँ’ भन्ने यो पारिवारिक भावना नै जात-जाति र राष्ट्रियताको प्रश्नमा पनि रहेको छ । वहाँले पेशागत रुपमा काम गरेमा ठाउ यी हुन्ः लोक साहित्य सहायक, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, कमलादी, नेपाली भाषा लेखक जनक शिक्षा सामग्री केन्द्र, सानो ठिमी, नेपाली पाठयक्रम विशेषज्ञ, पाठयक्रम तथा पाठयपुस्तक विकाश केन्द्र, हरिहर भवन, नेपाली शिक्षा शिक्षण प्रशिक्षक, रेडियो एजुकेशन, पाटनढोका नेपालमा, ल्याबटेक्निसियन र सहप्रवन्धक, बेस्ट मेडिकल इन्टर्न्याशनल, अमेरिकामा रही कामको अनुभव ।
वहाँका जेष्टपुत्र पुरुषोत्तम सुवेदीको परिवारमा पुत्रवधू कल्पना सुवेदी र नाती पुकार, सागर र नातिनी कविता छन् । पुरुषोत्तम सुवेदी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, केन्द्रीय स्तरको अध्यक्ष भैसकेका र हाल काम वालकफ कम्प्यूटर कम्पनीको प्रोग्राम निर्देशक छन् । वहाँको कनिष्ट पुत्र प्रकाश सुवेदीको परिवारमा पुत्रवधू दया सुवेदी र नाती आकाश, आलोक र नातिनी प्रिया छन् । प्रकाश सुवेदीले अमेरिका नेपाल सोसाइटीको “25 Years of ANS” डकुमेन्टरी निर्माण गरिसकेका छन्, ‘अन्तदर्ृष्टि’ त्रैमासिक साहित्यिक पत्रिकाको संपादन गरेका छन् र कामको हकमा ऐले कम्प्यूटर शफ्टवेयर इञ्जिनियरमा काम गर्छन् । वहाँकी सुपुत्री कल्पनाको परिवारमा जुवाइ वासु सत्याल र नाती विकल्प नातिनी मेधा र सपना छन् । कल्पना नेपाल युवक संगठन अमेरिकाको उपाध्यक्ष छिन् र नेपाल विद्यार्थी संगठन जर्जमेशन विश्वविद्यालय, भर्जिनियाको अध्यक्षमा काम गरिसकेकी छिन् र पेशागत रुपमा उनी नर्श थिइन् । ऐले माउन्ट भर्नन अस्पताल अलेक्जिेन्डि्रया, भर्जिनियाको पेशेन्ट केयर डिपार्टमेनटको निर्देशक पदमा छिन् ।
२. मन्तव्यः
आज बसाइसराइको बढ्दो चापको अवस्था नेपाली मूलका मान्छेहरु पृथ्वीको विभिन्न कुना-काप्चामा पुगेर बसेका छन् । उनीहरु नेपाली भाषा र संस्कृति बोकेर त्यहाँ गएका छन् । नेपाली राष्ट्र खोज्न हामी नेपाल नै जानुपर्दैन । यिनीहरु नेपाली मूलका नेपाली बसेको ठाउँमा पुगेछन् । जहाँ-जहाँ नेपाली छन् त्यहाँ नेपाल राष्ट्र छ । त्यसैले अमेरिकामा भरखर आएका हुन् वा तीन पुस्ता बसिसकेका नेपाली हुन् जो भए पनि नेपाल राष्ट्रका स्तम्भ हुन् । तिनीहरु आ-आफ्नो देश, प्रदेश र गाउँ-ठाउँबाट आफ्नो मूल नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई संरक्षण, सर्ंबर्द्धन र विकास गर्न लागिपरून् भन्ने वहाँ कामना गर्नुहुन्छ र वहाँ अगाडि भन्नुहुन्छ “यो यसकारण होइन कि हामी नेपालको सेवा गर्दैछौं । अपितु यस सेवाभावले हामीलाई वर्तमानमा आत्मतुष्टी दिन्छ र भविष्यको लागि नेपाली जातीय संस्कृतिको दायरा फराकिलो पार्दछ । त्यसैले नेपालीको आफ्नो परिचयलाई विस्तारित गर्न नेपाली भाषा, साहित्य, कला र संकृतिको सेवामा सबै तल्लीन होऊन् र नेपाली वा अन्य पीडित मानवको सेवामा आफूलाई समर्पित गरौं भन्ने धारणा म व्यक्त गर्न चाहन्छु ।”

३. संवन्धित सर्न्दर्भः
If you need more info:
Read about him an interviewed by “Ratna Shree”
An Interview on “Naulo Bihani” magazine
An Interview July 2002 issue of Suskera.com (http://www.susksera.com/july2002/homnath.html ),
An interview on the monthly publication, March 2003 issue of America Nepal Update,
a monthly publication of Nepal USA Network (
),
and
recently London based poettext.com
(
)
and
Weekly People’s Review
(
).
Interview Published on 5-4-4 in japan
http://www.nepaljapan.com/interviews/homnathsubedi.htm ,
Interview by Kamala on Paradesh.com Volume III, Issue : 02
Interview in Nishpaksha, Kathmandu, Baishakh 22, 2061
He lives in this address: 1727 Horner Road, Woodbridge, VA 22191
He can be reached via phone (703)491-1014
or e-mail Hsubedi@aol.com .

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-10/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons