December 7, 2005

अर्न्तवार्ता


” बाँच्यो त्यो जस्ले
सम्झयो नेपाली माटा,े
भाषा, साहित्य, कला
र संस्कृती,

मर्‍यो त्यो
जस्ले विर्सयो नेपाली
माटो, भाषा, साहित्य, कला र संस्कृती”

आदरणिर्य पाठकवृन्द चौतारी समूह नेपाल प्रकाशन विभाग साउदी अरबद्वारा प्रकाशित चौतारी खबर पत्रिका साउदी अरबमा तथा विश्वमा इमेल र इन्टरनेट मार्फ सबैभन्दा बढी पाठकहरुले पढ्ने चौतारी खवर पत्रिकाले जन चेतना जगाँउदै स्वदेश तथा विदेशको ताजा समाचार सूचना साथै साहित्य श्रृजना गर्दै अगाडी बढ्ने क्रममा हामीले समाजका साधारण ब्यक्ति देखि लिएर विशिष्ट ब्यक्तिहरु सम्मको अर्न्तवार्ता लिई यस तपाईहरुकै प्रिय चौतारी खवर पत्रिका मर्फ प्रकाशित गर्दै आइ रहेको त यहाँहरुलाई अवगत नै छ ।
यस स्तम्भमा हामि त्यस्ता ब्यक्तिको अर्न्तवार्ता प्रस्तुत गर्न जाँदै छौ - जुन ब्यक्तिको नाम प्रवासी नेपालीहरुमाझ सायद कमै मात्रले नसुनेको हुन सक्छ । विलक्षण प्रतिभाका प्रतिमर्ुर्ति, बहु भाषिक,, बहुआयामिक,, निश्वार्थ समाजसेवि, नेपाली भाषा, साहित्य कला र संस्कृतीलाई विश्वसामु चिनाउन लागि परिहरनु भएका साहित्य क्षेत्रका एक हस्ती डा. मधु कृष्ण श्रेष्ठ -साहित्यिक नाम माधर्ुय) सँग चौतारी समूह नेपालका पथ पर््रदशक चौतारी पाक्षिक खबर पत्रिकाका प्रधान सम्पादक श्री सागर श्रेष्ठ ज्यूले मिती २०६१ साल चैत्र ५ गते लिनु भएको अर्न्तवार्ताको सार संक्षेप्त हामीले यस स्तम्भमा प्रकाशन गरका छौ । प्रस्तुत छ डा. माधर्ुयसँगको अर्न्तवार्ताको सार संक्षेप

चौतारीः- र्सवप्रथम आदरणिय दाजुमा साहित्यिक अभिवादन टक्र्याउन चाहन्छु साथै हाम्रो पाठक वृन्दहरुलाई तपाइको संक्षिप्त परिचय दिनुहुन्छकी-
माधर्ुयः- भाइलाई पनि मेरो साहित्यिक अभिवादन
मेरो नाम ः नाम मधु कृष्ण श्रेष्ठ -माधर्ुय)
जन्मस्थानः गौरिसंकरको फेदी ९तात्कालिन दर्ुगम स्थान) दोलखा जिल्लाको अभयपुर सहर
अध्ययन ः एमर्.र् इ -उक्रेन गणतन्त्र), पि.एच.डी, -रसिया मास्को)
हाल महाविद्यावारिधी शोेधकार्य, एवं अध्ययन, अध्यायपनमा ब्यस्त रुची विज्ञान र्-इन्जिनियरिङ्ग) साहित्य, चित्रकला,संगित -बाँसुरी, गितार) यात्रा UFO अध्ययन, मनोविज्ञान, मार्शल-आर्ट, वनस्पती विज्ञान……………
चौतारी ः-साहित्य के हो - यसले मानव जीवनमा कस्तो प्रभाव पार्दछ ः
माधर्ुय ः- बुज्रुकहरुले आ-आफ्नै पाराले साहित्यको परिभाषा दिने गरेका छन् । परिभाषाको जेल भित्र थुनेेर साहित्यको परिचय दिन डर लाग्छ मलाई । उचित शब्दहरुको सशक्त चयन, जीवन दर्शनको नूतन भाव र कलात्मक प्रस्तुतीको होनहार शैलीको त्रिपक्षीय सन्तुलित ” प्रिजम” बाट झुल्कने अनुभूतिको शास्वत इन्दे्रणी नै साहित्य हो भनेर आफ्नो चित्त बुझाई रहेछु । साहित्यमा समसामयिक धुकधुकी प्रतिविम्वित हुने हुँदा त्यो युगको दस्ताबेज हो । त्यसमा समाजको धुकधुकि, सिर्जना र सकारात्मक परिवर्तनको आग्रह निर्वाह भएको छ भने मानव जीवनमा त्यसले पथदर्शकको समेत भूमिक खेल्न सक्छ । आम यूरोपेली संस्कृतिको आधुनिक पुनरुत्थानको श्रेय टाल्सटाय, दस्तोएभ्सी जस्ता साहित्यकारहरुलाई समेत जाने गरेको चर्चा गर्छनर््र् इतिहासविद र समालोचकहरु ।
चौतारी ः- तपाइले साहित्य / समाज सेवा क्षेत्र नै किन रोज्नु भयो खुलस्त परि दिनुहोसन -
माधर्ुय ः- भविश्यको प्रकृति मूलत अथाह हुने रहेछ -त्यसैले यो रमाईलो छ ) साहित्य एवं समाज सेवाको क्षेत्र मैले रोजेको होइन, आफ्नै पाराले हिड्दै जाँदा ठक्कर खाएर जीवन ढुन्मुनीएको मात्र हो , अप्रत्याशीत जम्काभेट भएको मात्र हो । हुँदा हुदाँ आज त यो जीवन नशा वनिसकेको छ । एक क्षण मात्र त्यतिकै बसेको अनुभुति हुँदा अत्यास लागेर आउँछ ्। मेरो वास्तविक प्राविघिक क्षेत्र त सिभिल इीन्जनियङ्ग िनै हो ।
चौतारी ः- र्सव प्रथम यस क्षेत्रमा लाग्नको लागी को बाट प्रेरणा पाउनु भयो-
माधर्ुय ः- यस क्षेत्रमा लाग्न धेरै कुराहरुबाट प्रेरणा मिलेको यथार्थ स्विकार्दै छु आज । म जन्मेको परिवारको बैाद्विक परिबेश, बुबाको प्रोत्साहन, स्कूल र इन्ष्िटच्यूट पढ्दा गुरुज्युहरुको प्रशंशा तथा प्रतियोगीताहरुले उपहार दिएको प्रथम, प्रथम नतिजाहरु र यो फुच्चेले के नै नाप्ला र . । भनेर भित्र-भित्रै जल्नेहरुको नाक चेप्र्याई ।
चौतारी ः- पहिलाको साहित्य र अहिलेको साहित्यमा केहि भिन्नता पाउनु भएको छ की -
माधर्ुय ः- उहिलेको साहित्यमा पाश्चात्य ल्कासिक प्रभाब, संस्कृत भाषाको बाहुलयता नैतिक मूल्यको अधिकतम् चित्रण, काल्पनिक उडानको पराकाष्ठ र भाषाको पौराणीक लवज निर्वाह भएको पाइन्थ्यो भने अहिले साहित्यमा झर्रर्ाानेपाली लवज, आधुनिकवाद, यथार्थवाद, भौतिक मनोबिज्ञान र “प्रागमाटिक” चिन्तनको बढ्दो प्रभाव छ । उहिले साहित्यमा जिम्मेवार निभाउनु पर्ने “धर्म” टड्कारो रुपमा देखिन्थ्यो भने अहिले जसले जे लेखेपनि साहित्य कहलिने जमाना आयो । अन्तरको चर्चा गरेर साध्य छैन, सायद समयनै फरक छ ।
चौतारी ः नेपालमा बसेर साहित्यको सेवा गर्नु र बिदेशमा बसेर गर्नुमा के फरक पाउनु भएको छ -
माधर्ुय ः- बिदेशमा बस्नेहरुको तुलनामा नेपालमै बसेर नेपाली साहित्यको सेवा गर्नेलाई आवस्यक सामाग्रीको शुलभ प्रप्ती हुने सम्भावनाले गर्दा निकै नै सजिलो हुदो हो । झन् टाढा गयो उति उति देशको बाडुली चर्काे हुदै जाने भएकाले अनुभूति लिएर स्तरीय कुराहरु लेख्न बिदेश बस्नेलाई सजिलो छ ।
चौंतारी ः- सञ्चार क्षेत्रलाई यहाँले कसरी हर्ेर्नु हुन्छ - यो क्षेलको बारेमा केहि बताई दिनु हन्थ्यो कि -
माधर्ुय ः- एक्काइसौं शताब्दिको उपलब्धि/अनुहार भनेकै सञ्चार/सुचना क्षेत्रमा आएको तीब्र बिकास हो । यो बिनाको आधुनिक जीवन, जीवन जस्तो लाग्दैन भन्ने भान पारिसकेको छ । टेलिफोन, रेडियो, टि.भि. हुदै इन्टरनेट सम्म आइपुगेको यो बैज्ञानिक उपलब्धिले मानब सभ्यतालाई सुख, ऐस, आराम दिएको तर्क जायज देखिए तापनि त्यस भित्र घुस्ने गरेको ढाकछोप, षड्यन्त्र, मनपरितन्त्र, एकपक्षियता, छाडापन,आर्थिक लाभको नाममा हुने गरेको अनर्गल बिज्ञापनले नकारात्मक प्रभाव पार्न सक्ने खतरा त छदैछ । अतः सञ्चार क्षेत्र निष्पक्ष, स्वतन्त्र र मानबिय मूल्यको जगर्ेना गर्ने काममा यो बढि संवेदेनशील हुनर्ुपर्छ जस्तो लाग्छ ।
चौंतारी ः-तपाईको वाल्यकाल कसरी बित्यो केहि रमाईलो क्षेण थियो की -
माधर्ुय ः- मेरो वाल्यकाल रमाइलो बालक्रिया भै वित्यो । अभिभावकहरुको कडा निगरानी शरिरले महशुश नगरेसम्म उल्फट्याङ्ग कामहरु प््राति म बढि आकषिर्त हुने गर्थे । ती क्षणहरु संम्झदा अझै पनि आनन्द आउँछ । तर के गर्ने - र्फकन नमिल्ने । त्यो बेला त्यस्तै संगत थियो । ककफाईट, गेम, मछा समाउने ….. बामे र्सन छाडेर दलानको अग्राखे खम्बा समातेर पहिलोचोटि दर्ुइ खुट्टामा उभिएको क्षण हिजो मात्र हो कि भन्ने भानले झस्काउछ आज पनि ।
चौतारीः- तपाईले विदेशमा स्वतन्त्र नेपालको स्थापना के को लागि गर्नु भयो - यस संस्थाको बारेमा छोटो जानकारी दिनु हुन्थ्यो कि -
माधर्ुय ः- सोभियतसंघको विघठन पश्चात विभिन्न गणराज्यका शहरहरुबाट विद्यार्थीहरुले छात्रासँघको मुखपत्रको रुपमा प्रकाशित साहित्यिक हाते पत्रिकाहरु र अन्ततः मास्को रेडियो को नेपाली कार्यक्रम समेत एकाएक बन्द भए पछि पर्ुव सोभियत स्पेस मा साहित्यिक भ्याकुम, सिर्जना भए को महशुश भएकोले विकल्पको खोजीमा लाग्दै जाँदा नेपाली कला, साहित्य र संस्कृति प्रति समर्पित स्वतन्त्र संचार माध्ययमको गर्ज टार्ने सिलसिलामा स्वतन्त्र नेपालको स्थापना गर्न अग्रसर भएको हुँ म । शुरुमा सक्रिय सहभागीता देखाई टोपल्ने थुप्रै साथीहरु स्वतन्त्र नेपाल बाट ब्यक्तिगत फाईदा नभएको महसुस गरेर कुलेलाम ठोके पनि मुठी भरका साथीहरुको पसीनामा यसको विश्व व्यापकता र सफलता प्रतिविम्वित भएको आफ्नै आँखाले देख्न पाउँदा खुशी लाग्नु स्वभाविक हो । स्वतन्त्र नेपालको उत्थानमार् इंटा थप्ने प्रत्येक लेखक कवि , सहयोगी शुभचिन्तकहरु र रुसबाट कवि हृदय भएका समाजसेवी शम्भु रिजाल तथा नेपालबाट कर्मठ पत्रकार दिनेश बस्नेत जस्ता साथीहरुको निस्वार्थ ;mक्रियता नभएको भए आततायीहरुको सपना स्वरुप स्वतन्त्र नेपालको अस्तित्व नै स्वतन्त्र भई सक्थ्यो होला । आफ्नो वर्कतले भ्याएसम्म इन्टरनेट, रेडियो र प्रेस पत्रिकामा यस्ले निकट भविश्यमै आफ्नो उपहार प्रस्तुत गर्ने योजना तर्जुमा गरेको छ । हाम्रो नाम जस्तै देश पनि अशिक्षा, गरिवी, भ्रष्टचार र रोगब्याधीबाट स्वतन्त्र भए पछि हाम्रो सपना/ दायित्व र्सार्थक हुनेछ ।
चौतारीः- स्वतन्त्र नेपालको मुख्य लक्षहरु के के हुन् र यो संस्था कसरी चलिरहेको छ -
माधर्ुयः- मुख्य लक्ष ः विदेश र स्वदेशमा नेपाली, कला, संस्कृति र साहित्यप्रति आस्था राख्ने हरुकोलागि आफ्नो रचनात्मक भूमिका परिचालन होस भन्ने हेतुले साझा र स्वतन्त्र विचार-मञ्च तयार गर्नु हो । थोरै समाजसेवी साथीहरुको लगनशिलता र आर्थिक सहयोगबाट यो संस्था चलिरहेको छ ।
चौतारीः- स्वतन्त्र नेपाल कस्तो प्रकारको संस्था हो - यसलाई विदेशमै स्थापना गनुृको कारण भन्नु पर्दा -
माधर्ुय ः- शुभचिन्तक साथीहरुको सुझाव र पाठकहरुको इच्छा आकांक्षनुरुप जस्तोसुकै रंगीचंगी योजनाहरुलाई प्राथमिकता दिइएता पनि मूलतः यो साहित्यिक संस्था हो । यो संस्थाका संस्थापकहरु विदेशमै रहेको कारणले यस्को शिलान्यास विदश मै हुन गएता पनि इन्टरनेटको विश्वब्यापी प्रकृतिले बीचमा देखा पर्न सक्ने साँध र सिमाहरु मेट्दै जाने कुरामा हामी आशावादी छौ ।
चौतारीः- स्वतन्त्र नेपालको लोकप्रियता बढ्दै गइरहेको छ यस्को कारण के हुन सक्छ -
माधर्ुयः- हाम्रा योजनाहरु १०% पनि पुरा हुन सकेका छैनन् अझै र्-र्सवत्र समस्या र व्यवधानका पासाहरु मात्र भेटिन्छन्)अत्याधुनिक प्राविधिक प्रणालीको प्रयोग र पाठकहरुको अनुरोध एवं चाहनालाई सर्वोपरी मान्दै अगाडी बढेकोले लोकप्रियता को लक्षण देखा परेको हुन सक्छ ।
चौतारीः- तपाइको अब नेपाल र्फकने विचार छ कि छैन - यदि नेपाल र्फकनु हुन्छ भने कहिले सम्म र नेपालमा गएर के गर्ने लक्ष राख्नु भएको छ -
माधर्ुयः- आफु जन्मेको माटो र आफू हिंडेको बाटोले मलाई कुरेर बसेको छ भन्ने वास्तविकता थाहा हुँदा हुँदै पनि डि. एस.सीको अथाह पर्ढाईले गर्दा स्वदेश फिर्ने तिथीमिती तोक्न गाह्रो भइरहेको छ -ढिलो चाडो अवस्य जान्छु ) त्यहाँ साहित्य साधनामा माफियातन्त्र को हावी देखा परेकोले सम्भवत म प्राविधिक कार्य मै हिड्ने छु । तर कविताले मलाई पारपाचुके नदिउञ्जेल मैले पनि कवितालाई नभुल्ने कसम खाएको छु ।
चौतारीः- स्वतन्त्र नेपालबाट अहिले सम्म कति ओटा किताबहरु प्रकाशित भइसके र भावी दिनमा प्रकाशन हुन लागेको कुनै पुस्तकहरु भए बताई दिनु हुन्थ्येा कि -
माधर्ुयः- स्वतन्त्र नेपालको तत्वाधानमा अहिलेसम्म एउटा किताव र मर्ुधन्य कवि स्व. भिम दर्शन रोकाको कविता संग्रहमा आधारित गीती संगालो ” तारा नउदाएको आकाश” प्रकाशित भएका छन् । निकट भविश्यमा दर्ुइ वटा काब्य कृतिहरु प्रकाशित हुन सक्ने सम्भावना छ ।
चौतारीः- विदेशमा बसेर नेपाली साहित्य क्षेत्र र सञ्चार क्षेत्रलाई अगाडी बढाउन पाएकोमा यहाँलाई कस्तो लागेको छ -
माधर्ुयः- सोचेजस्तो परिणाम ननिस्केता पनि माटो प्रतिको ममता र सच्चा नागरिकको जिम्मेवारी थोरै भए पनि बहन गर्न सकेको आत्मसन्तुष्टि मिलेको छ ।
चौतारी ः- हाल मास्कोमा कतिजति नेपालीहरु होलान् -
माधर्ुयः- बहुसंख्यक ब्यापारी र थोरै विद्यार्थीहरुको संख्या जोड्दा जम्मा जम्मी मास्कोमा मात्रै ३०० जना पुग्लान् ।
चौतारीः-मास्कोमा स्थापित केहि नेपाली संघ संस्थाहरुको नाम लिनु पर्दा -
माधर्ुयः- मास्कोमा क्रियाशिल नेपाली संघ-संस्थहरुः- शाहि नेपाली राजदुतावास, बहुभाषिय इन्टरनेट पत्रिका -स्वतन्त्र नेपाल (Free Nepal ), अन्तराष्ट्रिय नेपाली साहित्य समाज, RNCCI,गैर आवाशिय नेपालीहरुको संस्था NRN, नारि निकुञ्ज आदि हुन ।
चौतारी ः- अहिलेको अवस्थामा नेपालीहरु विदेश पलायन हुने क्रम तीव्र रुपमा भैरहेको द्ध । यसलाई यहाँले कसरी हर्ेर्नु भएको छ -
माधर्ुय ः- विविध परिवन्दको नाममा एकातिर संर्घष्ा गर्नै हरुको र अर्कोतिर अमनचयन कायम गर्नेहरुको तातो गोली खाएर भोक भोकै मर्नु भन्दा विदेश गएर आफु र परिवार पाल्नु जस्तो विकल्पलाई पनि मेले सकारात्मक नजरले हर्ेर्ने गरेके छु ।
चौतारी - नेपालमा भइरहेको गृहयुद्ध -भइरहेको आन्दोलन) र वर्तमान स्ििथत प्रति यहाँको के धारण छ - अनि यसले साहित्यिक क्षेत्रमा कस्तो असर पारेको छ -
माधर्ुयः- ” धान रोपेर कोदो उम्रदैन” अहिलेको अवस्था विगतको परिणति हो । जसले जस्लाई जसरी मारे पनि नेपाली कै मृत्यु भइरहेछ आज । अहिलेको गृहयुद्ध कुन नतिजा ल्याएर अन्त्य हुने हो , त्यो लड्नेहरुलाई पनि थाहा छ छैन भविश्यवाणी गर्न गाह्रो छ । वार्ताको माध्यमबाट राजनैतिक समस्या निकास को पहल गर्ने हो भने वर्तमान स्थितिमा आमूल परिवर्तन हुन सक्ने तर्क प्रति आशावादी हुन सकिन्छ ।
चौतारीः- मास्को तपाईलाई कस्तो लाग्यो- त्यहाँबाट नेपाल हर्ेदा कस्तो देख्नु हुन्छ-
माधर्ुयः- यूरोपको अप - टु- डेट ब्यूटी पार्लरबाट निस्केकी पश्चिमी युवती जस्तो छ मास्को १ घरी घरी परिवर्तन भइरहन्छ मौशम जस्तै । प्रत्येक दिन म आफूलाई ट्रान्जिट भिसामा छिरेको पर्यटक जस्तो देखिरहन्छु । यहाँबाट पनि म नेपालमा वर्तमानले अधकल्चो चपाएको विगतको सुन्दरता देखिरहेको छु ।
चौतारी ः-यहाँ अनेसास जस्तो विदेशमा नेपाली भाषा र साहित्यको संरक्षण गर्ने संस्थाको गरीमामय पदमा हुनुहुन्छ । यसको भविश्य कस्तो देख्नु भएको छ - सविस्तार प्रकास पारिदिनुहुन्थ्यो कि -
माधर्ुय ः- अनेसास स्वदेश र विदेशमा -नेपाल भित्र र नेपाल बाहिर) नेपाली भाषाः साहित्य र संस्कृतिक उत्थानको लागि समर्पित एउटा गरिमामय र प्रतिष्ठित संस्था हो । छोटो समयमै दु्रतगतीमा भइरहेको भौगोलिक विस्तार र दिनप्रतिदिन बढ्दै गइरहेको लोकप्रियताले निसंदेश यसको सुन्दर भविश्यको संकेत दिइरहेको छ । होमनाथ सुवेदी जस्ता दूरदर्शीर्, कुशल, देशप्रेमी साहित्यिक स्रष्टाहरुको सक्रियतामा अनेसासको सिलान्यास हुन पुगेकोले आज अनेसासको एउटै साझा छाता ओढेर गर्व गर्ने अवसर पाएका छौ । सागर भाइ जस्तो सक्रिय र कर्मठ साथीहरुको लगानशीलताले नौला संभावनाका गोरेटाहरु निर्माण हुन सक्ने कुरामा हामर्ीलई विश्वास छ । विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुसँग हातेमलो गर्दै वृहत राष्ट्रिय अन्तराष्ट्रिय योजनाहरु तर्जुमा गरेर सफलतापर्ूवक अगाडि बढ्न सक्यौ भने यसले अझ अर्कै रुप र रङ्ग ग्रहग गर्न सक्ने कुरामा म आशावादी छु ।
खुशीको कुरा - टाल्सटाय, पुशकिन, दस्तोएभकी, गोर्को र चेखभको देशमा हुने गरेका विशेष कार्यक्रमहरुमा freenepal / inls को ठूलो भूमिका निर्वाह हुन थालेको यथार्थ सुनाउन पाउँदा म अतिनै खुशी छु । विश्वमा मात्र होईन नेपालमा समेत बाँझो देखिएको साहित्यिक पत्रकारिता जस्तो महत्वपर्ूण्ा क्षेत्रमा हामीले केहि योगदान दिन सक्यो भने त यो नै ठूलो उपलब्धी हुनेछ । अहिले हामी साहित्यिक क्यालेण्डरको पर्ूव निर्धारित योजना अनुसार नेपाली साहित्यकारहरुको जन्म जयन्ती र विविध कार्यक्रमहरु म्ानाउदै आइरहेका छौ भने अर्को तिर अनेसास को शाखा विस्तार, पुस्तक प्रकाशन र पुरस्कारको माध्यमबाट साहित्य प्रेमीहरुको सम्मान गर्ने काममा पनि जुटिरहेका छौ । अनेसासको विश्वब्यपी प्रकृतिले यो अमेरिकाको त हो नी” भन्ने खालको संकर्ीण्ा चिन्तनलाई दिन प्रतिदिन भत्काईरहेछ राजनैतिक स्वार्थ, ब्यक्तिगत स्वार्थबाट मुक्त - निजामती सेवामा कार्यरत नभएका स्वतन्त्र ) साहित्यप्रेमी ब्यक्तित्वहरुको प्रवेशले अनेसासको भविश्यलाई अरु आसावादी बनाउन सक्ने सम्भावना देखिरहेको छु ।
चौतारी ः- प्रशंग बदालौ कि - स्वतन्त्र नेपालले प्रकाशनमा ल्याउन लागेको नेपाल बाहिर नेपाली साहित्य नामक पुस्तकको बारेमा केहि बताई दिनुहुन्छ कि साथै यस पुस्तक पाठकहरुले कसरी पाउन सक्छन् होला -
माधर्ुयः- नेपाल बाहिर नेपाली साहित्य प्रकाशन स्वतन्त्र नेपालको बृहत योजना हो । विदेशमा बसेर नेपालीले लेखेको, विदेश बस्दाको संस्मरणलाई नेपालमै लेखिएको, नेपाल बारे विदेशीद्धारा लेखिएका साहित्यिक सामग्रीहरुलाई एउटा संग्रहको रुपमा श्रृङ्खलाबद्ध ढङ्गले नियामित रुपमा प्रकाशित गर्दै जाने लक्ष राखेका छौ । यसलाई संसारभरी कसरी फिजाउने, पुर्‍याउने बारे प्रिmरीनेपाल डट कम मार्फ जानकारी दिने छौ । प्रकाशन विरुद्ध आइलागेको दैविक प्रकोपको कारण भनेकै समयमा यसको प्रकाशन हुन नसके पनि नयाँ बर्षभित्रमा यसको प्रकाशन हुनेछ ।
चौतारीः- गल्फ राष्ट्रहरुमा मात्र प्रत्येक महिना १५-२० जना नेपालीहरुको मृत्यु हुने गरेको तितो सत्य हाम्रो सामु छ नै । यसको बारेमा तपाइको के विचार छ -
माधर्ुय ः-त्यहाँको बास्तविक परिवेश थाहा नहुँदा नेपाली मृत्यूको कारण पनि अस्पष्ट नै हुने गरेता पनि यो समाचार आफैमा दुखदपर्ूण्ा छ । मृत्यूका कारणहरुबाट सचेत हुने, जोगिने, नयाँ कामदारहरुलाई पर्ूव चेतावनी दिनुमा सवैको कल्याण हुनेछ । घटीसकेको घटना को छानवीन र अपराधीलाई न्यायिक सजायँ दिन त्यस देशको संम्वन्धित निकाय र हाम्रो देशको प्रतिनिधी निकायहरुले कानमा तेल राखेर विजोग हर्ेन हुन्न भनेर हामीले प्रेस मार्फ, पत्र मार्फ झकझक्याउनु पर्‍यो । सरकारी क्षेत्रबाटै विमा ब्यवस्था, सुरक्षा व्यवस्थाको चासो नभए सम्म अपराध र मृत्यूका छाडा यात्रा रोकिने संभावना कम देखिन्छ ।
चौतारीः- विदेशिदँको क्षेण तपाईलाई कस्तो लागेको थियो र अहिले कस्तो लागिर।हेके छ-
माधर्ुयः- उच्च लक्ष्य तर्फउन्मुख हुने मनसाय लिएर विदेशिदा सवै कुरा गुमेको, आफन्तहरुबाट र देशबाट टाढिएकेा नियास्त्रो अनुभुति भएको थियो । चरिकोट डाँडाबाट पछाडी फर्केर गौरिशंकर हिमालसँग विदा मागेर बस चढ्ने बेला मेरा आँखाबाट प्रशान्तमहासागरहरु बगिरहेका थिए । मनतातो न्ुानिलो आँसुलाई न लुकाउनै सके न थाम्नै सके । विदेशमा अड्केको धेरै भैसकेछ । धेरै धेरै परिवर्तत भई सकेछन् । तर त्यहि अनुभूति बाँचिरहेछ मेरो मस्तिस्कमा । हो धेरै अध्ययन गरियो धेरै कुरा थाहा भएको भ्रम भयो । तर आज यो संसार बारे केहि पनि नबुझेको हिनताबोध पो भइरहेको छ ।
चौतारी ः- तपाई त्यहाँ कुन उद्धेश्यले जानु भएको थियो र कति सम्म सफल हुनु भयो -
माधर्ुयः- सिभिल इन्जिनियरिङ्ग मा एमर्.इ गर्ने उद्धेश्यले विदेश हिडेको फुच्चे एमर्.इ., पि. एच।डी सकेर डि. एस.सीको अकडमा पुगेर टक्क रोकिएको छु । यो पनि जीवनको सफलता हो र भनेर आफैलाई प्रश्न सोधिरहेछु ।
चौतारीः- नेपाली युवा युवतीहरु विदेशिनेक्रम जारी छ , यसरी नै नेपाली यूवा यूवतीहरुको विदेशीने क्रम जारी रहने हो भने नेपालको भविश्य कस्तो होला -
माधर्ुयः- राम्रो कामको लागि विदेशीएर, अध्यायन र कमाई धन्दा गरेर देश र परिवारलाई टेवा दिन सक्यौ भने नेपालको भविश्य राम्रै होला । अन्यथा विदेशीले हण्डर मात्र खाने, कसैको पनि वास्ता नगर्ने प्रवृति कसैको पनि हितको पक्षमा हुन सक्दैन । दुःखको कुरा नेपालको राजनैतिक अस्थिरता र आर्थिक विपन्नताको कारणले Brain drain लाई राष्ट्रिय समस्याको रुपमा लिने सरकारी चेतनाको विकास हुन अझै केहि शाताब्दि कर्ुर्नु पर्ला ।
चौतारीः- वर्तमानकेा विडम्वना के हो -
माधर्ुयः- बहुसंख्यक पुराना मान्यताहरुको विघठन र नयाँ मान्यतहरुकेा अभ्यूदय नै वर्तमानको विडम्वना हो । आज प्रकितिलाई आकृतिले दास बनाएकेा छ । आकृति Image) को आधार नै द्रव्यशक्ति बनेको छ । जस्को अगाडी पृथ्वीको गुरुत्वाकर्षा शक्ति हरेक पल पलमा पराजित भइरहेछ । यो तीतो यर्थाथ हो ।
चौतारीः- जीवन के जस्तो लाग्छ -
माधर्ुयः- ब्रहम्ाण्डमा आफू हुनुको अस्तित्वबोध नै जीवन हो जो सपनामा विपना जस्तो र विपनामा सपना जस्तो लाग्छ ।
चौतारीः- मानव जीवनमा कुन चेतनाकेा अभाव खड्कि रहेछ-
माधर्ुयः- बनस्पति चेतनाको । बनस्पतिले मान्छे मार्न आफ्नो शक्ति खर्च गरेको मान्छेले झै धोका दिएको हातहतियार बनाएर पृथ्वी लाई तर्सर्ााो, प्राकृतिक विनास गरेको, राजनितीको नाममा आफ्नै आदर्शको हत्या गरेको मैले देखेको र्छर्ुइन ।

चौतारीः- अन्तमा विदेश तथा स्वदेशमा रहेका साहित्यप्रेमी तथा हाम्रा पाठकहर्रुलाइ यस चौतारी पाक्षिक खवर पत्रिका मार्फ केहि सन्देश दिन चाहनु हुन्छ कि -
माधर्ुयः-प्रिय साहित्यप्रेमी साथीहरु १ च्ाौतारी खबर पत्रिका अरब क्षेत्रमा नेपालीहरुकेा आँसु, हाँसो र विविध रचनात्मक अनूभूति विसाउने साझा चौतारी हो । देश प्रेमी, भाषा प्रेमी र साहित्य प्रेमी नेपालीहरुले त्यहाँको हपहपी मौशमको बावजुद रोपेको, फुलाएको र फलाएको नेपाली फूल हो यो । यसलाई जगर्ेना गर्नु नै हाम्रो दायित्व वा धर्म हुने छ किनकी व्यक्ति मरेर देश मर्दैन तर भाषा, साहित्य र संस्कृति मर्‍यो भने देश मर्ने छ ।
चौतारीः- हस्त ! यहाँले आफ्नो अमुल्य समय हामिलाई दिनु भएकोमा हामि आभारी छौं । यसरीनै भावि दिनहरुमा फेरी भेट्ने वाचाको साथ विदा हुन्छु नमस्कार ।
माधर्ुयः- सागर भाई तंपाईले विदेशमा रहेर नेपाल र नेपालीहरुको लागि जुन पाईला चाल्नु भएको छ त्यो सफल होस । यस चौतारी खबर पत्रिका मार्फ मलाई केहि शब्द विसाउने मौका दिनु भएकोमा हाद्विक आभार प्रकट गर्दछु । चौतारी टिम लाई अझै अगाडी बढ्नको लागी शुभ-कामना दिन चाहान्छु ।
चौतारीः- धन्यवाद !
साभार चौतारी खबर पत्रिका

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-11/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons