December 7, 2005

र्सर्ूयनारायण पुरस्कार अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई

Filed under: अवाड

यस वर्षो र्सर्ूयनारायण पुरस्कार अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई

बेनी, म्याग्दीमा गत अक्टोबर ११ तदनुसार यही आश्विन २४ गते महा अष्टमीको दिन नवौं ‘ार्सर्ूयनारायण पुरस्कार’ होम नाथसुवेदीलाई प्रदान गरियो र सोही समारोहमा ‘गंगा’ नामक स्मारिकाको विमोचन पनि प्र.जि.अ.गंगासागर ढकालको हातबाट संपन्न भयो ।

म्याग्दी, बेनी बजार स्थित नेपालरेडक्रस सोसाइटीको सभा भवनमा भएको यो विशेष समारोह र्सर्ूयनारायण पुरस्कार संस्थाका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा तथा भू.पू.कानून तथा न्याय सहायक मन्त्री माननीय द्विपबहादुर खड्काको प्रमुख आतिथ्यता र प्र.जि.अ.गंगासागर ढकालको विशेष आतिथ्यतामा संपन्न भएको थियो ।

कार्यक्रममा अन्य अतिथिवर्गको आशन ग्रहण पश्चात् व्याज वितरण कलाकारहरुद्वारा सरस्वती वन्दनाबाट सुरु भएको सो कार्यक्रमलाई संस्थाका उपाध्यक्ष्य श्री प्रकाश श्रेष्ठबाट शब्दद्वारा स्वागत गर्नु भएको थियो । त्यस पछि प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भयो । यस वर्षो ‘र्सर्ूयनारायण पुरस्कार, २०६२’ ताकम गा.वि.स. का हाल अमेरिकाको भर्जिनिया निबासी होमनाथ सुवेदी विशेष कारणवश उपस्थित हुन न सक्नु भएको कारण उहांका पिता हरिलाल उपाध्यायलाई प्रमुख अतिथिबाट माला संमानपत्र र नगद १०,१०० - दश हजार एक सय मात्र) द्वारा संमान गरियो । त्यसपछि पुरस्कार छनोट समितिका संयोजक र एवम् क्याम्पस् प्रमुख रामजी प्रसाद सुवेदीले छनोट समितिले श्रष्टा छनोटबारे पुष्टी गर्नुभयो । व्यवस्थापक ज्ञानेन्द्र श्रेष्ठले पुरस्कृत श्रष्टा होमनाथ सुवेदीले अमेरिकाबाट पठाउनु भएको प्रत्युत्तर सन्देश पढेर सुनाउनु भएको थियो भने अन्तमा श्रष्ठाका पिता हरिलाल उपाध्यायले प्रशन्नताका शब्दहरु व्यक्त गर्नुभएको थियो । यो पुरस्कारबाट संमानित होमनाथ सुवेदी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ र वहांका ७ वटा उपन्यास, कविता संग्रह र लोक कथा संग्रह समेत गरी १० वटा पुस्तक प्रकाशित छन् । वहांका फुटकर रचनाहरु नेपालीपोष्टडटकम, परदेशडटकम, नेपालजापानडटकम र फि्रनेपालडटकममा लगातार प्रकाशित भैरहेका छन् ।

पुरस्कार वितरण पछि संस्थाको स्थापनाकालदेखि हालसंमका गतिविधिहरु समेटेर प्रकाशन गरिएको ‘गंगा’ स्मारिका विशेष अतिथि प्र.जि.अ.द्वारा विमोचन गरिएको थियो । संस्थापक अध्यक्ष एवम् स्मारिकाका प्रधान संपादक सर्ुदर्शन कुमार श्रेष्ठले संस्थाका गतिविधि र स्मारिकाबारे बोल्नु भएको थियो । स्व.र्सर्ूयनारायण श्रेष्ठको जीवनी, गीत, रचना गीत कार्यक्रममा प्रस्तुत गरी साथै संस्थाका सल्लाहकार लक्ष्मी प्रसाद श्रेष्ठ विशेष अतिथि गंगासागर ढकाल र प्रमुख अतिथि दीप बहादुर खड्काले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । अन्तमा
सभाका सभापति चन्द्र प्रसाद श्रेष्ठले धन्यवाद व्यtm गर्नु भै सभा विर्सजन गर्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव संजय कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो । उक्त सभामा सुरक्षा निकायका प्रमुखहरु श्रष्ठाकी बहिनी लक्ष्मी आचार्य, स्थानीय विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, समाजसेवी, राजनैतिक कर्मीहरु, पत्रकारहरु एवम् बुद्धिजिवीहरुको विशेष उपस्थिति रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons