अनेसास सर्वौकृष्ट पुरस्कार धोषणा
साहित्य हाम्रो श्रृजना अनेसास हाम्रो आधार स्तम्भ
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारका विजयीहरूको घोषणा २००५
अनेसास चौधौं वाषिर्क अधिवेशन तथा भानुजयन्ती समारोह, जुलाई १७, २००५, वुडब्रिज, भर्जिनिया, अमेरिकाः
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले सन् २००० देखि यता प्रकाशित भएका पुस्तकहरूलाई मूल्याङ्कन गर्राई उच्चतम अङ्क प्राप्त गर्ने कृतिलाई उत्कृष्ट कृति घोषणा गर्ने गरेको छ । नेपाली भाषा र साहित्यको उत्थानमा टेवा पुर्याउने लक्ष्यले स्थापित यो पुरस्कार २००३ मा प्रथमपटक प्रदान गरिएको थियो । हरेक २-२ वर्षा प्रदान गरिने यो पुरस्कार अब दोस्रोपटक यही २००५ को देवकोटाजयन्तीमा प्रदान गरिंदै छ । अनेसासको पुस्तकमूल्याङ्कन प्रक्रिया कार्यविधि नियमावलीअनुसार ती पुस्तक पुरस्कार विजेताका नामावली यही भानुजयन्तीको सभामा घोषणा गर्नुपर्ने प्रावधान छ । तदनुसार यसपटक पनि अनेसासको पुरस्कारसमितिले पुरस्कार विजेताहरूको नामावली आजै घोषणा गर्दछ ।
ती उत्कृष्ट पुस्तक पुरस्कारका विजयी को को हुन् त - के ती यही छन् वा युरोपमा वा भारत, सिक्किम वा नेपालमा छन् - जहाँ भए पनि ती प्रभावशाली विद्वान्हरूलाई हाम्रो हार्दिक बधाई । यो आजको सभाले तत्काल पुर्याओस् । अँ, ती विजयी कृति र विजेताहरूको नाम भन्नुभन्दा अगाडि यो पुरस्कार कतिवटा छन् र के-कस्ता हुन् अलिकति जानकारी दिन चाहन्छु ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कार आज बहुचर्चित पुरस्कारको रूपमा रहेको छ । यस पुरस्कारभित्र ६ वटा विभिन्न पुरस्कारहरू छन् । तीमध्ये एक-एक गरी संक्षेपमा परिचय दिन उपयुक्त होला ।
पहिलो ः अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार हामीकहाँ दर्ता हुन आएका सबै पुस्तकभन्दा बढी अङ्क प्राप्त गर्ने पुस्तकलाई यो पुरस्कार प्रदान गरिन्छ । यसको नगद ५०,००० ने.रु. छ । यो अनेसासको अक्षयकोषको प्रतिवर्षआउने ब्याजबाट प्रदान गरिन्छ ।
दोस्रो ः नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार-
यो डा.डिल्लीराम तिमसिनाको स्मृतिमा डिल्लीराम तिमसिना मेमोरियल फाउन्डेशनको प्रायोजनमा सञ्चालित छ । यो महिलाहरूमध्येका कृतिमा मूल्याङ्कन गर्दा सबभन्दा बढी अङ्क प्राप्त गर्ने महिला साहित्यकारलाई दिइन्छ । यो पुरस्कार नगद २०,००० ने.रु. बराबरको छ ।
तेस्रो ः नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार - यो पनि डिल्लीराम तिमसिनाका स्मृतिमा डिल्लीराम तिमसिना फाउण्डेशनका सुमन तिमसिनाको सौजन्यबाट चलेको छ ।
यस पुरस्कारको नगद राशी ने.रु. १५,००० बराबरको छ । कुनै पनि लेखकको पहिलोपटक प्रकाशित भएको कृतिमध्ये सबभन्दा बढी अङ्क प्राप्त गर्ने कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ । नवप्रतिभालाई प्रोत्साहित गर्नु यसको उद्देश्य हो ।
चौथो ः सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज गीति कविता सर्वोत्कृष्ट पुस्तक पुरस्कार-
यो पुरस्कार प्रवासबाट नेपाली भाषाको सेवा गर्ने गीतकार, कवि हरिभक्त कटुवालको स्मृतिमा राखिएको हो । यो पुरस्कार प्रणिता तथा आमोद कटुवालको प्रायोजनमा सञ्चालित छ । गीति कविता, लोकसाहित्य र त्यसका इतिहास समेत सबैबाट छानी उच्चतम अङ्क प्राप्त गर्ने कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ । यसको नगद राशी ने.रु. १५,००० बराबर छ ।
पाँचौं ः बालसाहित्यका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज शारा बालसाहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार -
यो पुरस्कार बालसाहित्यको उत्थान र शिशुहरूलाई नेपाली पढाउन प्रोत्साहन दिनको लागि सजना तथा अच्युत श्रेष्ठले आफ्नी सानी छोरी शाराको नाममा स्थापना गरेको हो । यसको नगद राशी ने.रु. १५,००० छ । यो पुरस्कार बालसाहित्यसम्बन्धी पुस्तकहरूमध्ये सबभन्दा बढी अङ्क प्राप्त गर्ने कृति वा त्यसका लेखकले पाउँदछन् ।
छैठौं ः धवलागिरि अञ्चलका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रोहिणी शर्मा धवलागिरि सर्वोत्कृष्ट पुस्तक पुरस्कार-
यो पुरस्कार विदेशमा बसेर पनि आफ्नो अञ्चलका भाषा, साहित्यसेवीहरूलाई प्रोत्साहन दिउँ भन्ने उद्देश्यले स्थापना भएको हो । फेरि धेरैजसो पुरस्कार काठमाडौंकाले जित्ने र काठमाडौंबाहिरका मोफसलका साहित्यकारले प्रोत्साहन नपाउने गरेको देखिएकोले त्यसबाट बचेर मोफसलका साहित्यकारलाई पनि प्रोत्साहित गर्न यो पुरस्कार स्थापना गरिएको हो । हाल यो पुरस्कार धवलागिरि अञ्चलमा मात्र छ तापनि यसको योजना नेपालका चौधै अञ्चलमा १-१ पुरस्कार राख्नु हो । यसका संस्थापक रोहिणी शर्माज्यूको सपना कि म धवलागिरि अञ्चलको भएर जन्मथलोलाई जति माया गर्छर्ुुयति माया गर्ने हाम्रा धेरै साथी छन् जसको प्रयासले नेपालका कुना-कुनामा हामीले यो पुरस्कार पुर्याउन सकिन्छ भन्नु हो । यो पुरस्कार जुन अञ्चलको लागि जुन अञ्चलका मूल निवासीले लेखेर दर्ता गरेको हो त्यही अञ्चलका पुस्तकमध्ये सर्बोत्कृष्ट ठहरिएको पुस्तक वा कृतिले यो पुरस्कार पाउँछ । यो पुरस्कार नगद १०,००० ने.रु. बराबरको छ ।
पुरस्कार के-कस्ता छन्, संक्षिप्त चर्चा गरेपछि अब तपाईंहरू यी पुरस्कारका विजेताको नाम सुन्न जिज्ञासु हुनुुहुन्छ होला । म सन् २००३देखि २००४ संमको अवधिमा छापिएका पुस्तकहरुमध्येका यी पुरस्कार विजेता पुस्तक, लेखकको र प्रकाशक अनि देशको नाम पनि एकैसाथ आज १९२ औ भानुजयन्तीको अवसरमा घोषणा गर्दछु ।
क्र.सं पुस्तकको नाम लेखकको नाम विधा प्रकाशक देश
१ अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार -नगद ५०,०००।०० नेरु)
नयार्ँर् इश्वरको घोषणा श्री गोपाल पराजुली काव्य अनेसास नेपाल
२ नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार- -नगद २०,०००।०० नेरु)
सं यु क्त सम्झनाका अनुभूतिहरू सुश्री कमला सरूप कथा अनेसास, वाशिङ्टन डि.सी. न्यूजर्सर्ीीअमेरिका
प्रेमको खोजीमा श्रीमती प्रमिला शर्मा कथा अनेसास, कोलोराडो कोलोराडो, अमेरिका
३ नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार –नगद १५,०००।०० नेरु)
सं यु क्त सम्पन्न मुलुक र अन्य कथाहरु सुश्री बन्या झा लोककथा मेडलिन सोसाइटी अफ इन्डिया सिक्किम, भारत
प्रश्नको क्याराभान श्री भरत भारद्वाज लघुकथा बसुन्धरामान प्रतिष्ठान झापा, नेपाल
४ सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज गीति कविता सर्वोत्कृष्ट पुस्तक पुरस्कार- -नगद १५,०००।०० नेरु)
मलाई छुने मन श्री ज्ञानेन्द्र गदाल गीति कविता अनेसास, कोलोराडो कोलोराडो, अमेरिका
५ बालसाहित्यका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज शारा बालसाहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार –नगद १५,०००।०० नेरु)
आधा देशको राजकुमार श्री शास्वत पराजुली बाल उपन्यास रुम्टुरिड काठमाडौं, नेपाल
६ धवलागिरि अञ्चलका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रोहिणी शर्मा धवलागिरि सर्वोत्कृष्ट पुस्तक पुरस्कार–नगद १०,०००।०० नेरु)
समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण श्री लक्ष्मण गौतम समालोचना साझा प्रकाशन, काठमाडौं मूलपानी, धवलागिरि, नेपाल
माथि उल्लिखित पुरस्कार विजयीहरूमा दर्ुइवटा कुराहरू विशेष स्मरणीय छन् ।
-१) डिल्लीराम तिमसिना अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज उत्कृष्ट नारी पुस्तक पुरस्कारमा कमला सरूप र प्रमिला शर्माका कृति मूल्याङ्कनमा बराबर आएकाले संयुक्त रूपमा विजयी घोषणा गरिएको छ ।
-२) नवप्रकाशित कृतिमा पनि भरत भारद्वाज र बन्या झाको बराबर मूल्याङ्कनको अङ्क प्राप्त भएकोले संयक्त रूपमा विजयी घोषणा गरिएको छ ।
यी पुरस्कारको लागि यस पटक ४५ शर्ीष्ाक दर्ता भएका थिए । अनेसास कृति मूल्याङ्कनका प्राथमिक तहका ३ जना विद्वान् र अन्तिम तहका ३ जना विद्वान्को पृथक् पृथक् मूल्याङ्कन र त्यसको सरदरबाट प्राप्त मापन र मूल्याङ्कन गोप्य प्रकियाबाट यी ८ वटा कृति पुरस्कारको लागि छानिएका हुन् ।
यी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कारका विजयी विद्वान्हरूलाई बधाई ज्ञापन गर्दै यसका निर्ण्ाायक विद्वान्हरू, यी पुरस्कारका प्रायोजकहरू र अनेसासका कर्मठ सहृदयी कार्यकर्ताहरू सबैलाई म अन्तर्रर्ााट्रय साहित्य समाज पुरस्कार समितिको तर्फाट धन्यवाद ज्ञापन गर्दछु ।
उक्त ६ वटा पुस्तक पुरस्कारबाहेक अनेसासको एक अनलाइन रार्इर्टस एवार्ड पनि छ । त्यो एवार्डको नाम हो- अनेसास बूढाथोकी अनलाइन रार्इर्टस एवार्ड र यसका प्रायोजक कमला सरूप र उहाँका भाइ चिरिञ्जिवी बुडाथाकी हुनुहुन्छ । यो एवार्ड नगद १०० डलरको छ । यस एवार्डमा बिभोर बराल विजयी हुनुभएको छ ।
अनेसासका यी पुरस्कारहरुको वितरण आगामी देवकोटा वयन्तीको अवसरमा नोभेम्बर ६ तारिकको दिन जर्जमेशन युनिभर्सिटीमा हुने कुराको जानकारी तपाईलाई गराउदै विजेताहरुलाई पुरस्कार वितरण समारोहमा उपस्थित भैदिनको लागि निमन्त्रणा गर्दै यो २००५को अनेसास उत्कृष्ट पुस्तक पुरस्कारको परिणाम घोषणालाई यही समापन गर्दछु ।
धन्यवाद
होमनाथ सुवेदी
अध्यक्ष
अनेसास पुरस्कार समिति
1727 Horner Road,
Woodbridge, VA 22191
703-491-1014