भानु भक्त
अँग्रेज तथा नेपालीहरुको युद्ध हुनु भन्दा केही महिना अघि सन् १८१४ अर्थात आषाढ २९ गते सँवत १८७१ का दिन भानुभक्तको जन्म भएको थियो । पश्चिम नेपालमा सप्तगण्डकी प्रदेशमा अवस्थित तनहुँको रम्घा गाँउ उनको जन्म एउटा सम्पन्न तथा सभ्रान्त ब्राहमण कुलमा भएको थियो । त्यो अञ्चलमा श्रीकृष्ण आचार्य नामक एकजना ब्राहमणले निकै ख्याति तथा मर्यादा प्राप्त गरेका थिए । उनका छ भाइ छोरा थिए ती मध्ये जेेठा धनञ्जय आचार्यका एकमात्र पुत्र भानुभक्त हुन् । जेठा पुत्र तिरको नाती भानुभक्त आफ्ना बाजे श्री कृष्ण आचार्यका विशेष प्रियपात्र भएको बुझिन्छ ।
सरकारी जागीर खाई भानुभक्तका पिता खरदार भएका थिए । यो कारणले तथा जेठो नाती भएकोे हुनाले पनी होला भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यका लालन पालनमा हर्ुर्केक थिए । उनको प्रारम्भिक शिक्षा पनि उनका बाजे श्री कृष्ण आचार्य द्वारानै भएको थियो । सँस्कृत साहित्य तथा ब्याक।रण सँग सँगै उनले ज्योतिष पनि पढेका थिए । पुराण भन्न सक्ने तथा चिना चपेटा बनाउन जान्ने हुनुनै तिनताकका ब्राहमण कुमारहरुको शिक्षाको साधारण उद्देश्य थियो । भानुभक्तलाई पढेको कुरो छिटै आँउदथ्यो तथा १२ वर्षका उमेरमानै जन्मपत्रको तत्व उनी बुभ्fm्न सक्ने भैसकेका थिए । यो कारणले उनी मेधावी बालक थिए भन्ने अनुमान हन्छ ।
इनि २२ वर्षा हुदा इनका जीवनमा यौटा यस्तो प्रभाव पर्यो जसले गर्दा भानुभक्तका हृदयमा कविताको प्रेम उत्पन्न भयो । एक दिन वनमा भानुभक्त रुखका छहारीमा बसेकाबेलामा घाँसी सित भेट भएछ । कुरा कहानी गर्दा त्यो घाँसीले आफ्नो अल्पकमाइं बाट खाई लाई जगेरागरेको पैसाले आफ्ना गाँउमा कुवा खनाएको इनार भनी आफ्नो नाउँ पनी चल्ने भनेर पनी उसले भनेछ । घाँसीको यो कुरा सुनेर भानुभक्तका मनमा ठुलो प्रभाव परेे छ । म सँग सबै थोक पुगी सरी आएको भंए ता पनी मैल्ेा न धर्म गर्न सकेको छु न आफ्नो नाँउ नै चलाउन सकेको छु भनी उनी उद्धेगपर्ुण्ा भएछन् । यही भावनाको परिणामस्वरुप उनले तत्काल दर्ुइ वटा कबिता लेखे तर्ीर् इनै हुन् ।
भर जन्म घँासतिर मन् दिइ धन् कमायो ।
नाम् क्यै रहोस पछि भनेर कुवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनिभै कन आज यस्तो ।।
मेरार् इनार नत सत्तल पाटि क्यै छन् ।
जे धन् र चीजहरु छन् घर भित्रनै छन् ।।
तेस घाँसिले कसरि आज दिये छ अति ।
धिक्कार हो मकन बस्नु नराखी कर्ीर्ति ।।
अब भानुभक्तले काव्य रचना गरी लोकसेवा गर्ने निश्चय गरे । नेपाली भाषामा रामायण लेख्ने उनको बिचार भयो । सन् १८४१ तिर बालकाण्ड लेखी पनी सकियो । पहिलो झोकमा यती काम भए पछि रामायण लेख्ने काम केही कालका निम्ती थन्किए र बसेको बुझिन्छ । सन् १८४९ मा भानुभक्त पहिलो पटक नेपालको राजधानी काठमाण्डौ वा कान्तिपुर आए । यौटा छिमेकीसँग जग्गाको बिषयमा झगडा परेको हुनाले तेसैको सम्बन्धमा मुद्दा गर्न उनले काठमाण्डौ आउन परेको थियो । यो समयमा बालाज्युको वर्ण्र्ाातथा कान्पिुरको वर्ण्र्ााभएका भानुभक्तले लेखेका देशभक्तिपर्ूण्ा कविता अध्यावधि अत्यन्त प्रसिद्ध छन् । काठमाण्डौमा निसाफ हुँदा भानुभक्तले झगडा जिते । यसका सँग सँगै दरबारमा पनी उनको प्रबेस भयो तथा उनले मुख्त्यार जँग बहादुर का भाई कृष्ण बहादुर का ढोका को आश्रय लिए । फलस्वरुप सन् १८४० मा जागीर पाई उनी मदेस तिर लागे । दर्ुइ वर्षजागीर खाई कागतपत्र बुझाउन नसक्ता उनलाई कुमारी चोकमा थुन्यो र झयालखानमा बस्ता उनको प्रथम प्रेम उनका हृदयमा फेरी प्रस्फुटित भयो र उनी झयालखानमा नै रामायण लेख्न थाले । उनी ५ महिना थुनाा परेका थिए तथा यसै अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्डतथा सुन्दर काण्ड र रामायणको रचना गरे । फेरी अर्को बर्षयुदकाण्ड तथा उत्तरकाण्ड काठमाण्डुमानै लेखी रामायण समाप्त गरे । यसरीनै नेपाली साहित्यको यो अद्धितीय ग्रन्थ ११ बर्षमा समाप्त भयो ।
रामायण समाप्त भएको केहि समय पछि भानुभक्तले प्रश्नोत्तरी तथा भक्तमाला नामक आफ्ना प्रसिद्ध कविताहरु बनाए । भक्तमालाका प्रथम १५ श्लोकको मात्र पाल्पामा गरिएको कुराबाट ती पछि रचना गरिएका कुराको अनुमान हुन्छ । यसको कारण मैले यो सम्बन्धमा सुनेको एउटा कुरा हुन सक्छ । आफ्नो नाता पर्ने कुनै यौटी महिला विधुवा भएका समयमा भानुभक्तले भक्तमालाका पछिल्ला ७ श्लोक लेखी भक्तमाला समेतलाई पाठ गर्न दिएका हुन् भन्ने कुरा बाल्यवस्थामा मैले सुनेको हुँ ।
सन् १८४९ देखी पछी भानुक्त बरावर काठमाण्डौ आउनु तथा वहाँ निकै समय सम्म बस्न लागेका थिए । उनी पहाडिया बाट सदरिया भएका थिए । काठमाण्डौमा अचेल जहाँ वीर अस्पताल छ तेही ठाउँमा उनको आफ्नो घर वा डेरा थियो भन्ने कुरा पनि सुनिएको छ ।
एक चोटी सन् १८६२ माकाठमाण्डौ बाट तनहुँ जाँदा बाटामा तारापति उपाध्याय नामक आफ्ना मित्रका घर मा भानुभक्त बास बसेका छन् । राती त्यो घरमा सासुबुहारीको वाझावाझ परेछ । त्यो सुनी उनी उठेछन् र सोही रातभरीमा ३३ श्लोक भएको बधुशिक्षा नामक कविता भानुभक्तले लेखे छन् तथा सो कविता उनीहरुलाई पढ्न दिएछन् । अध्यात्म रामायणका सातै काण्ड लेखिएका भएतापनि अझ सम्म रामगीता लेखिएके थिएन । सन् १८६८ मा तनहुँमा आफ्ना घरमा मृत्यू हुनु भन्दा अघी रोगसध्यामा सुतेर उनले त्यसको पनि रचना गरे । सुती सुती उनी कविता भन्थे उनका एकमात्र पुत्र रमानाथ लेख्थे । भानुभक्तको निश्चित मृत्यू तिथि अझ चाल पाइएको छैन तर सम्वत् १९२५ मा -सन् १८६८) उनको मृत्यू भएको हो भन्ने मोतिराम भट्टका कथनको पुष्टि उनको जम्मकुण्डली
प्रकाशमा ल्याई निश्चित जन्मतिथि निर्ण्र्ाागर्ने भानुभक्तमा मित्र स्वर्गिय बासी सुब्बा धर्म दत्तका पुत्र स्वर्गिय बासी सुब्बा रड्गनाथका भनाई बाट पनि भएको छ । उनका रामायण तथा अरु कविताहरुका अध्ययन बाट हँसीला, रसीला, ख्याल ठट्टा गर्ने बानी भएका, हक्की उच्च विचार भएका, भानुभक्तको चित्र हामी देख्छौ । उनका देशभक्तिले हाम्रा हृदयमा ठूलो प्रभाव पार्छ । उनको परोपकार बुद्धि सबैके कल्याण होस् सबै सप्रुन् तथा सबैको भलो होस् भन्ने विचार भएके देख्दा उनी शान्त प्रकृतिका दयालु तथा सबैलाई मायाँ गर्ने बानी भएका मानीस रहेछन् भन्ने हामीलाई अनुभव हुन्छ । भगवद् भक्तिका विश्वास भएका मातृभाषाका प्रेमी तथा देशभक्त भानुभक्तले आफ्ना सेवा द्धारा हाम्रो जातीय विकसका निम्ती जो महान् कार्य गरेर तिनले गर्दा नेपाली जातिका निर्माता वीरहरु मध्ये उनले प्रमुख स्थान प्राप्त गरेका छन् ।
तल मोतीराम भट्टका मतअनुसार भानुभक्तका विविध कविताहरुको रचना भएको समय लेखिन्छ । सन् ग्रन्थहरु व्ा स्फुट कविता ।
१८३६ प्रथम दर्ुइ कविता
१८४१ ब्ाालकाण्ड
१८४९ बलाजी तथा कान्तिपुरी सम्वन्धि कविता
१८५२ अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड तथा सुन्दर काण्ड
१८५३ युद्धकाण्ड तथा उत्तर काण्ड प्रश्नोत्तर तथा भक्तमाला
१८६२ बधु शिक्षा
१८६९ रामगीता