समुन्द्रको छेउमा
कमला सरुप
समुन्द्रको छेउमा त्यसमाथि पनि चन्द्रमा उदाइरहेको यो साँझलाई कसम खाएर म एकतमासले शब्दहरुलाई माया गर्दै यो पत्र लेखिरहेकी छु । ओहो, जीवन भन्दा पनि महत्वपर्ूण्ा कुरा भावना कसरी हुनसक्छ- अहिले आएर मैले विश्वास गर्नु पर्ने एउटा बहसको विषय यो पनि भएको छ , शनिवारको रात र त्रि्रो सम्झनाको र्स्पर्श अहिले मलाई के पनि लागेको छ भने जीवन वास्तवमा कति सत्य छ । जीवन सत्य छ त्यसैले हामी बाँचेका छौ । त्रि्रो र मेरो सम्बन्ध यही दिन र रातजस्तो त हो नि, अस्थिर सम्बन्ध । तिमीले पुषको पहिलो साता अचानक बोलेका यी शब्दहरुको जवाफ दिनु पर्छ भनेर म यो पत्र पठाउँदैछु । मन त्यसै त्यसै उल्लासित भएको छ सायद वातावरणले पनि साथ दिएको अनुमान मैले गरेको छु ।
तिमीलाई थाहा छ मैले गल्ती गरेको छु । गल्ती यस अर्थमा पनि मान्य हुँदैन भन्ने मैले नसोचेको हैन । तर बितिसकेको कुरालाई बारम्बार सम्झेर फाईदा हुँदैन भन्ने कुरालाई पनि मैले महसुस गरेको छु । “रत्नपार्कको भीड, रानीपोखरी छेउमा लाम लागेर चाइनिज सामान बेचिरहेका मान्छेहरु, उत्तरपट्ट िप्रहरीको भ्यान र एक हूल जुलुसलाई छल्दै तिमीले कसरी मेरो हात समात्दै बोलेका थियौ । तिमीलाई थाहा छ - हिँड्दा हिँद्दै बीच बाटोमा उभिएर मलाई पनि रुन मन लागेको थियो । तर आँसु कमजोर मान्छेले मात्र बगाउँछन् भन्ने कुरालाई म पत्रमा मात्र, अभिब्यक्त गर्न सक्छु यतिखेर । ” जीवन र प्रेमको शाब्दिक अर्थ, जीवनलाई लेख्नु हो । जीवन त सोचेको भन्दा बढी सुन्दर छ । जीवनलाई भौतिकवादले मात्र जित्न सक्दैन । पहिलो भेटमा नै यति भनेर मेरो कोमल मन जित्न तिमी कसरी सफल भएको थियौ । जीवनको यो महत्वपर्ूण्ा मोडलाई स्वीकार्न भावना चाहिन्छ, आखिर जीवनको अमरत्व पनि भावनामा नै छ । मैले पनि त्रि्रो हात समात्दै भनेकी थिएँ । जीवनका महानतम् क्षणहरुले अवश्य एकदिन मृत्यूरुप लिनेछन् । जीवनलाई स्विकार्ने पक्षमा विरोधात्मकसँग बाँचेका मान्छेहरुलाई पनि बाँच्ने प्रेरणा दिनु नै महानता हो । तिमीसँगको प्रेमले मलाई जीवनको बारेमा धेरै बाँच्न प्रेरणा दिएको छ । तिमीले हाँस्दै बोलेका यी कुराहरु तिमी अहिले पनि सम्झन्छौ कि सम्झदैनौ तर मैले भने पटक्कै विर्सने छैन । “हेर प्रिय तिमीले मलाई बाँच्नु पर्छ भन्ने जुन प्रेरणा दियौ । त्यो त सबै बँाचेका मानिसहरुले सामूहिक रुपमा स्वीकर्नुपर्ने कुरा हो । तर प्रश्न तिमीसँग के छ भने जीवनको अन्त्य सापेक्षित हुन्छ भनेर कसरी विश्वास गर्ने- जीवनपद्धतिलाई स्वीकर्ने हाम्रो समानान्तरतामा यस्ता प्रश्नहरुको उत्तर पनि खोजिनु पर्छ हैनर-”।
तिमीलाई थाहा छ - म हरेक साँझ झयालतिर बसेर मानिसहरु हिँडेको हेरिरहन्छु । मलाई के विश्वास छ भने मानिस बाँच्नकै लागि जीउछन् । मानिसहरुलाई जब अध्यस्त जीवन बाँच्न बानी पर्छ अनि उसलाई सडक र अँध्यारोसँग पनि डर लाग्न छोड्छ । त्यसैले त्यतिबेला म के सोच्दैछु थाहा छ -हरेक परिवर्तन यो झयाल खोलेर बाहिरको संसार हर्ेदा देख्न सकिन्छ ।
आखिर परिवर्तन मानिसहरुलाई बुझनुमा पनि हुँदो रहेछ । म त्रि्रो पत्रको दोश्रो पेजमा पुगेको छु । त्रि्रो पत्रलाई पढ्दा मैले मेरो वर्तमानलाई यति धेरै मन पराउन थालेको छु कि शायद तिमी नजिक भएको भए म निस्पिmक्रिसँग हाँस्दै एउटा सुन्दर कविता कोर्ने थिएँ होला । तिमीले लेखेको पत्रको तेश्रो पेजमा गएपछि मेरो आँखा रोकिएको छ । तिमीलाई म शब्दमा बताउनै सक्दिन यो पत्र पढ्दै गर्दा पनि मलाई फेरि आफ्नै भावनाको संसारमा पुर्याएको छ । थाहा छ तिमीबाट टाढाँ भए पनि यो सडक यो समुन्द्र र यी मान्छेहरु सबै सबैको मायाँ लाग्न थालेको छ । तिमीले फेरी लेखेका छौ -”मायाँ गरेको भावना अस्वाभाविक हुँदैन । तर पनि मेरो कुरा सुन्यौ भने त्रि्रो मन दुख्न सक्छ । जीवनलाई दुःख र पीडा दिनुहुदैन । मेरो कुराले तिमीलाई दुख्यो भने म बाँच्नै सक्दिन । तर सत्य कुरालाई तिमीसामु पुर्याउन सकिन भने मेरो मायाप्रतिको इमान्दारिता गुम्छ । म तिमीलाई सबै कुरा बताउन चाहन्छु ।” म मन्दमन्द बहिरहेको हावालाई छल्दै र अँध्यारो सडकलाई पछ्याउँदे आफ्नै घरभित्र पसेकी छु यतिखेर । पर्ुवपट्ट िझयालैनिर, मेरो सानो कोठा छ । अर्थात मेरो सानो संसार छ । मलाई मेरो जीवन जतिनै प्यारो लाग्ने यो कोठाप्रति मेरो मोह यसरी किन बढेको छ त्यो त मलाई थाहा छैन तर मैले के पनि स्विकारेको छु भने यी कितावहरु र कविताहरुले मलाई बाँच्ने प्रेरणा दिएको छ कम्तीमा खुशी भएर बाँच्ने ।
“म आज तिमीलाई मेरो र नुमासँगको सम्बन्धाई खुलस्त पार्ने प्रयासमा छु । ” त्रि्रो पत्र म पढिरहेकी छु । एक विधवासँगको शारीरिक सम्बन्धले आज दर्ुइ वर्ष्ाप्रवेश गरिसकेकेा छु । हुन त नुमा र मेरो सन्बन्ध शरीरसँग मात्र सम्वन्धित छ । मानसिक र भावनात्मक सम्बन्ध त तिमीसँग मात्र हो । तिमीले आफूलाई सत्यकै प्रतिमर्ुर्ति बनाएर मलाई लेखेको पत्र कुनै फिल्मको कहानीभन्दा कमभने लागेको छैन । तिमीले यसरी पत्र लेखको छौ र म ओछ्यानमा ढल्किएर त्रि्रो पत्र पढिहेकीछु । ” बुझयौ ऊ अर्थात नुमा पैतीस बर्षाघेकी भए पनि उति ने भरभराउँदै छे । बिहे गरेको तीन चार बर्षपनि नबित्दै लोग्नेको सडक दर्ुघटनामा मृत्यू भएपछि नुमा काठमाण्डौ झरेकी हो । एउटै छोरो त्यसमाथि पनि हुनेखाने परिवारकी बुहारी भएकीले उनका सासुससुराले काठमाण्डौ कलङ्कीमा पाँच कोठाको घर किनिदिएका थिए । सासुससुरा गाउँमा नै बस्ने भएकोले काठमाण्डौमा एक्लै नुमा बस्न थालेकी हो ।
अचानकै एउटा माध्यामिक विद्यालयको कार्यक्रममा हाम्रो भेट भएको थियो । त्यसपछि मेरो सबै रातहरु नुमासँग वित्ने गरेका छन् ।
त्रि्रो पत्र पढ्दा मेरो आँखाबाट कति बेला आँसु झर्यो पत्तो पनि पाईन । उठेर झयाल बन्द गर्ने तरखर गरें । ओहो झयाल बन्द गर्दा त बाहिरको सुन्दरता देख्न पाईदैन । बाहिरको सौर्न्दर्य बाहिरनै रहन्छ । जुनेली रातसँग रातभरि साउती मारेर एक्लै रुन र हाँस्न पनि पाईदैन किनभने झयाल बन्द हुनु भनेको बाहिरको संसारबाट आफु अलग्गिनु हो । मैले अनुमान गरे र झयाल नै बन्द नगरी त्रि्रो पत्रलाई छतीके दुकढुकीमा नापेर फेरि त्रि्रो बाँकी अंशको पत्रहरु पढ्न थालेको छु । “मलाई तिमीले बिर्सनु पर्छ । ” त्रि्रा अन्तिम शब्दहरु यिनै हुन् ।
त्रि्रा पत्र पढ्दा पढ्दै मेरा आँखाहरु रसाएछन् यतिखेर । मैले विश्वासै गर्न नसकेको सत्य त्रि्रो चरित्र र मेरो विश्वासको आधार यसरी खण्डित होला भन्ने त मैले कहिले पनि सोचिन । हुन त मैले उचित र अनुचित बीचको समझदरीलाई स्विकार्दै जीवनभन्दा महत्वपर्ूण्ा कुरा केही छैन भन्ने कुरालाई आफ्नो बनाएको छ । मैले के पनि सोचेको छु भने मेरो जीवन त एक सुन्दर कविता हो र एक सुन्दर कथा हो । जीवनलाई त्यो समयसँग चित्रण गर्नु जुनबेला अँध्यारो र एकदमै अँध्यारोमा आफ्नो जीवनलाई पनि सुखका साथ स्विकार्ने गरिन्छ । मैले जीवनलाई यसरी स्वीकारेको छु । तिमीसँगको मेरो सम्बन्ध र त्रि्रो र नुमाबीचको सम्बन्धले मलाई एउटै कुरा के सिकाएको छ भने मलाई साँझसँग डरलाग्न छोडेको छ । दिनसँग र झन् भनौ रातसँग पनि डरलाग्न छोडेको छ ।
सुख दिन सक्दिन भनेर भन्न हुने थिएन । तिमी परदेशमा बसेर यो कुरा बुझनै सक्दिनौ । म अहिले जीवनकै एउटा यस्तो मध्यान्तरमा उभिएर जीवनकै सानो निर्ण्र्ाापनि गर्न नसक्ने गरेर थाकेको छु । मैले अहिले के निर्ण्र्ाारेको छु मैले नुमालाई आमा हुने अधिकार दिनुनै पर्छ । उसले आमा हुन पाउनु पर्छ म यही निर्ण्र्ााा पुगको छु । भोलि मेरो र नुमाको सहवासमा म नुमालाई भन्नेछु तिमीले मेरो लागि धेरै बच्चा जन्माउनु पर्छ । मैले अफुलाई पर्ुण्ात नुमाको लोग्नेको रुपमा आफूलाई आफैले स्वकार्ने अवस्था बनाईसकेको छु । तिमी धेरै टाढा छ्यौ , प्रेम हुनलाई त र्स्पर्श हुन पर्छ । एकले अर्कालाई छुनपर्छ । खै त मैले तिमीलाई छुन पाएको- म यो दुरत्वमा भावनासँग मात्र बाँच्न सक्दिन ।” त्रि्रो पत्र सकिएको छ ।
बाहिर झन् झन् अँध्यारो बढेको भए पनि सडकभरि मान्छेहरु हिँड्न छोडेका छैनन् । जुनेली रातमा मान्छे निस्प्रिmक्रि हिँड्न पाउनु पनि एक किसिमको आनन्त नै हुनपर्छ । यति सोचेर म त्रि्रो पत्रलाई सिरानीमुनि राखेर म यही नै सोच्न बाध्य भएको छु । उफः कति राम्रो हुन्थ्यो तिमी मेरो लोग्ने भै दिएको भए । अब वास्तवमा सोच्नबाहेक केही गर्न सक्दिन तर मलाई थाहा छ सत्यको विजय हुन्छ र जीवन झन सुन्दर हुन्छ । तिमीलाई म अमर प्रेमको शुभकामना मात्र दिन सक्छु ।