December 7, 2005

तिनिहरु

Filed under: कविता

- मोहन सिटौला
अमेरिका, यू.एस.ए
तिनिहरु
ती बार जनाहरूलाई श्रद्धाञ्जली इराकमा
ती एघार हज्जारलाई श्रद्धाञ्जली देशमा
श्रद्धाञ्जलीका प्रहरहरू , आँशुका प्रदेशमा !
ए बनाइएका मृत्यहरू हो !

व्यथित, थकित र आजित प्राणीहरू माथि
कसरी आउँछौ तिमीहरू कुनकुन भेषमा -

कठीन पर्खाइको मृत्युले मौका नै दिएन बाँच्न
अन्योल र झुक्कलको वन्धनमा परे पनि
मृत्युले जीवनलाई जित्न सकेन
लालाबाला र विधवाका बलीन्द्र आँशु झरे पछि

जब राष्ट्र, जात र धर्मका भ्रमहरूमा
मानवता पराइ बन्छ
मरुभूमिमा पनि ढँडेल्लो लाग्दो रहेछ
निर्धो सत्य डाको छोडेर रोए पछि

हामी व्यथित म्युजियम बन्दैछौं, थकित
रहस्यको पर्दा अझै खुलेको छैन
परी र पुराणका कथाहरूबाटर्
बर्तमान ब्यूँझिरहेको छैन

एउटा नयाँ जीवन्त कथा आउँदैछ -
भन्नु पनि भाको छैन

त्यो मुहर्ुत कस्तो भयो होला -
आमाले सम्भिmंदा जन्मिदाका प्रहरहरू
ती मुटुले के भने होलान् -
चीसा रगतका
कटारी र गोलीमा विदाईका सन्देशहरू !

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2005/12/07/katmandu-9/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons