अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार संक्षिप्त सिंहावलोकन
होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया
यो सिर्जनाको उद्देश्य अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००३ र २००४का विजयीहरूको परिचय र २००५ र ००६ का पुस्तक पुरस्कारका लागि मनोनयन आहृवानमा छोटो प्रकाश पार्नु हो । अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले सन् २००० देखि यता प्रकाशित भएका पुस्तकहरूलाई मूल्याङ्कन गर्राई उच्चतम अङ्क प्राप्त गर्ने कृतिलाई सर्वोत्कृष्ट कृति घोषणा गर्ने गरेको छ । नेपाली भाषा र साहित्यको उत्थानमा टेवा पुर्याउने लक्ष्यले स्थापित यो पुरस्कार २००३ मा प्रथमपटक प्रदान गरिएको थियो । हरेक २-२ वर्षा प्रदान गरिने यो पुरस्कार दोस्रोपटक यही २००५ को देवकोटाजयन्तीमा प्रदान गरियो । अब तेश्रो पटक २००७मा प्रदान गरिनेछ ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कार आज बहुचर्चित पुरस्कारको रूपमा रहेको छ । २००३ र २००४का पुस्तकको लागि २००५मा प्रदान गरिएका पुरस्कारभित्र ६ वटा विभिन्न पुरस्कारहरू छन् । तिनको परिचय यस प्रकार छ ।
पहिलो ः अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसासमा दर्ता हुन आएका सबै पुस्तकभन्दा बढी अङ्क प्राप्त गर्ने पुस्तकलाई यो पुरस्कार प्रदान गरिन्छ । यसको नगद ५०,००० ने.रु. थियो भरखर मात्रै अनेसासको बोर्ड अफ् ट्रस्टीजले गरेको निर्ण्र्ााअनुसार अबदेखि यो पुरस्कार १०००००।०० रुपया बनाइएको छ । यो अनेसासको अक्षयकोषको प्रतिवर्षआउने ब्याजबाट प्रदान गरिन्छ ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००५ को विजेता ‘नयार्“र् इश्वरको घोषणा’ काव्य हो । यसका लेखक गोपाल पराजुली हुन् । ‘नयार्“र् इश्वरको घोषणा’ यो एक नव्य काव्य हो । ‘नयार्“र् इश्वरको घोषणा’ यो काव्य २ आलेखमा विभाजित छ । दुबै आलेखमा जम्मा ९८ वटा परिच्छेद छन् । हरएक अध्यायमा ९, १० वा ११ वटा पद्यहरु समाविष्ट छन् । यीमध्ये प्रत्येक पद्य जसलाई म यहा“ अनुच्छेद भनिरहेको छु त्यो वा तिनमा तीन हरफ छन् । परिच्छेद १ देखि ४९ संम प्रथम आलेखमा राखिएको छभने परिच्छेद ५०देखि परिच्छेद ९८संम द्वितीय आलेखमा समावेश छन् । गोपाल पराजुलीको यो “नयार्ँर् इश्वरको घोषणा” महाकाव्य शोषितकै कुरा मात्र लेखिएकोले प्रगतिशील, परिवर्तनशील नवीनतम सत्यको व्याख्याता भएकोले प्रयोगशील र अत्याधुनिक रुप, रंग र स्वरमा स्वरित भएकोले नविनतम काव्य हो । यसका लेखक गोपाल पराजुली दिसेम्बर १७, १९४७ मा कोटेश्ववर, काठमाडौंमा जीवननाथ र थिरकुमारी पराजुलीबाट जन्मेका हुन् । उनका अन्य कृतिहरु हुन्ः गोलार्धका दर्ुइछेऊ -एकाड्ढी), सडकपछि सडक-नाटक), पृथ्वीमाथि आलेख -काव्य), दिशा हीन आकाश -कथा), हिमालयमाथि आलेख -काव्य), अर्को दिशा -कथा), शव्द शताव्दी -काव्य), समयको प्रस्थान -काव्य) । उनले साझा पुरस्कार, गोपाल प्रसाम रिमाल संमान, मदन पुरस्कार र अन्तर्रर्ााट्रय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेका छन् । उनी प्रयोगवादी साहित्यकारको रुपमा बहुचर्तित छन् ।
दोस्रो ः नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार- यो डा.डिल्लीराम तिमसिनाको स्मृतिमा डिल्लीराम तिमसिना मेमोरियल फाउन्डेशनको प्रायोजनमा सञ्चालित छ । यो महिलाहरूमध्येका कृतिमा मूल्याङ्कन गर्दा सबभन्दा बढी अङ्क प्राप्त गर्ने महिला साहित्यकारलाई दिइन्छ । यो पुरस्कार नगद २०,००० ने.रु. बराबरको छ । नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार २००५ का विजेताद्वय कमला सरुप र प्रमिला शर्मा हुन् । कमला ‘सरुप’ आजकी चर्चित कथाकार र पत्रकार, कमला सरुप लेखक हरिभक्त बुढाथोकी वरदपुत्री, प्रवासमा नेपाली समाजकी प्रतिनिधि महिला लेखिका हुन् । अन्तर्रर्ााट्रय नेपाली सहित्य समाजको उपाध्यक्ष रही सकेकी र अनेसासको विश्वसञ्जाललाई फैलाउनमा महत्वपर्ूण्ा योगदान गर्ने सरुप हाल न्युजर्सर्ीीट peacejournalism.com चलाइरहेकी छिन् । उनका प्रकाशित २ वटा पुस्तक बजारमा आएका छन् । तिनमा पहिलो हो- सम्झौताको मोडमा’ कथा-सङ्ग्रह र दोस्रो हो- सम्झनाका अनुभूतिहरु कथा-सङ्ग्रह । यो ‘सम्झनाका अनुभूतिहरु’ कथा-सङ्ग्रहमा नै नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेकी हुन् ।
यही २००५मा नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको लागि छानिएको अर्को कृतिकी कथाकार प्रमिला शर्मा हुन् । महोत्तरी जिल्लाको मनरा कट्टी गाउँको किसान परिवारमा सन् १९५२ मा जन्मिएकी प्रमिला शर्मा साहित्यमा बाल्यकाल देखिनै रुची राख्थिन् । पिता स्व.कुलनाथ शर्मा अर्याल, माताः विष्णुमाया देवी अर्यालका पाँच छोरा र तीन छोरी मध्यकी छैंठौ सन्तान हुन् । त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मनोविज्ञान विषयमा एम.ए. सम्मको अध्ययन गरकी, प्रमिला सन् १९९१ देखि अमेरिकाको डेनभर कोलोराडोमा बस्दै आएकी छिन् । नेपालको विभिन्न प्राथमिक र माध्यमिक विद्यालयमा शिक्षिका तथा बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक रही अध्यापन गरेकी हुन् । उनको “प्रेमको खोजीमा” यही २००५मा नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको लागि छानिएको कृति हो ।
तेस्रो ः नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार -यो पनि डिल्लीराम तिमसिनाका स्मृतिमा डिल्लीराम तिमसिना फाउण्डेशनका सुमन तिमसिनाको सौजन्यबाट चलेको छ । यस पुरस्कारको नगद राशी ने.रु. १५,००० बराबरको छ । कुनै पनि लेखकको पहिलोपटक प्रकाशित भएको कृतिमध्ये सबभन्दा बढी अङ्क प्राप्त गर्ने कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ । नवप्रतिभालाई प्रोत्साहित गर्नु यसको उद्देश्य हो । यो पुरस्कार पनि दर्ुइजनाले जिते । ती विजयी हुन्ः श्री भरत भारद्वाजको ‘प्रश्नको क्याराभान’ पुस्तक र सुश्री बन्या झाको ‘सम्पन्न मुलुक र अन्य कथाहरु’ ।
श्री भरत भारद्वाजको वास्तकि नाम भरत कुमार सुवेदी हो । उनको जन्मः खुदुनाबरी २, मदनपुर, झापा, हालको ठेगानाः १९५ मानश्री मार्ग, काठमाडौ ४, विशाल नगर, काठमाडौं हो । शिक्षामा एम्.ए. -नेपाली) गरी नन्दनको काव्यिक परिवेश -२०५२), चितवनको साहित्यः र्सर्वेक्षण र विश्लेषण -२०५२), सान्दर्भिक समालोचना -२०५७) पनि प्रकाशित गरिसकेका छन् । उनले पुरस्कार र संमानमा भानुमोती पुरस्कार -२०५९), गजलश्री संमान सम्मानपत्र -२०६०), वालकृष्ण सम शताब्दी साहित्य सम्मान -२०५७), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कविता महोत्सव पुरस्कार -२००५), पाइसकेका छन् । उनको संवद्धता यिनीसित रहेको छः बसुन्धरामान प्रज्ञाप्रतिष्ठान -संस्थापक सदस्य, बसुन्धरा प्रकाशन संस्थापक सदस्य, अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, नेपाल च्याप्टर सदस्य, अनेसास वाषिर्क क्यालेण्डर, प्रकाशन समिति -संयोजक । उनी यी पत्रिकामा पनि संपादक रहेः समकालीन नेपाली साहित्य, वसुन्धरा द्वैमासिक, मानश्री त्रैमासिक, समकालीन नेपाली कविताको रुपयात्रा, म्यान्माली नेपाली, मानव अधिकारका लागि केही नेपाली कविता । यी पत्रिकाका स्तम्भकार पनि हुन्ः विमर्श साप्ताहिक, तरुण साप्ताहिक, दूर संचार साप्ताहिक, रविवार साप्ताहिक, एक आपस मासिक । संप्रति उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा कार्यरत छन् । यहाँ यो कुरा जोड्न मन लाग्यो । अनेसास पुरस्कार काठमाडौका करिब सबै मुख्य संस्थाकाले पाइसकेका छन् । जस्तो भरत नेराप्रप, कृणराज खनाल -२००३मा) गोरखापत्र, सुधा त्रिपाठी -२००३मा) त्रिविवि, यस पटक गोपाल पराजुली साझाबाट ।
नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार - विजयी लेखक भरत भारद्वाजको कृति ‘ प्रश्नको क्याराभान’ यो लघु कथा हो । यसको प्रकाशन वसुन्धरामान प्रतिष्ठानले वि.स.ं २०६१मा गरेको हो । यो नव प्रतिभाको पहिलो प्रकाशनको लागि संमानित भएको छ । यसमा ६१ वटा लघु कथा संकलित छन् । यी कथाहरु समाज सुधार र व्यंग्यका दृष्टिले अति नै प्रभावकारी छन् ।
नव प्रतिभाका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार - कै अर्को विजयी ‘सम्पन्न मुलुक र अन्य कथाहरु’ कृृतिकी लेखिका सुश्री वन्या हुन् । सुश्री वन्या झा श्री अजेय झाकी सुपुत्री हुन् । यिनको जन्म दिन दिसेम्बर १२, १९९० हो । शिक्षा ९ कक्षाकी विद्यार्थी हुन् । पढ्ने विद्यालय होः Holy Cross School, 5th Mile, Tadong, Sikkim 737102. उनको बानी साहित्यिक रचनाहरु लेखिरहने आदत रहेको र मनपर्ने वस्तु पढनु, ट्रेकिंग गर्नु , संगीत र नृत्य हो । हाल उनको ठेगाना यो रहेको छः C/o Mr. Ajeya Jha, Dept. of Management studies, Sikkim Manipal Institute of Technology, Majhitar, Rangpo 737 132
SIKKIM, INDIA, 91 3592 246210; 919434137227, Email:vanyanegia@yahoo.com.in
वन्याको प्रसङ्गमा अनेसास पुरस्कार काठमाडौ एक शहर वा नेपाल वा अमेरिका एक वा दर्ुइ देशले मात्र नजितेर सिक्किम जस्ता अरु देशका लेखकले पनि अनेसास पुरस्कार जितेको प्रमाणित गर्दछ । त्यति मात्रै हैन यसले के पनि देखाउछ भने पाकाहरुले मात्र हैन नौ नै कक्षा पढ्ने १४वर्षी त्यो पनि छोरीले पनि पुरस्कार जित्न सफल भएको एक नमूनाले अरु आवालवयोवृद्ध सबैलाई उत्साह प्रदान गर्दछ ।
चौथो ः सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज गीति कविता सर्वोत्कृष्ट पुस्तक पुरस्कार- यो पुरस्कार प्रवासबाट नेपाली भाषाको सेवा गर्ने गीतकार, कवि हरिभक्त कटुवालको स्मृतिमा राखिएको हो । यो पुरस्कार प्रणिता तथा आमोद कटुवालको प्रायोजनमा सञ्चालित छ । गीति कविता, लोकसाहित्य र त्यसका इतिहास समेत सबैबाट छानी उच्चतम अङ्क प्राप्त गर्ने कृतिलाई यो पुरस्कार प्रदान गरिन्छ । यसको नगद राशी ने.रु. १५,००० बराबर छ ।
सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि स्वर्गीय श्री हरिभक्त कटुवाल स्मृति अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज गीति कविता सर्वोत्कृष्ट पुस्तक पुरस्कारका विजयी कृति “मलाई छुने मन”को गीति कविताका लेखक ज्ञानेन्द्र गदाल हुन् । ज्ञानेन्द्र गदाल १९७९ देखि नै कविता लेखन र गीत रेकर्डिङ्गमा देखा परेका हुन् । सन् १९६४मा फिक्कल इलाममा जन्मेर एम्बिए, एम्एस् आईटी युएस्मा गरेका गदाल हाल कोलोराडोमा बस्छन् र अनेसासको कोलोराडो च्याप्टरका अध्यक्ष तथा ‘अन्तदर्ृष्टि’का प्रधान संपादक पनि हुन् । गदालको पुरस्कृत कृति “मलाई छुने मन”को बारेमा डा.ताना शर्मा लेख्छन् “असीको संख्यामा संग्रहित यी सदा स्वच्छ, नवीन र आकर्ष लाग्ने लयमय गीतहरुले उच्चस्तरीय सिर्जनात्मकशक्ति र कवितात्मक प्रतिभाको परिचय दिन्छन् ।” गदाल स्थापित गीतकार हुन् । उनका अन्य कृतिहरुमा आधुनिक गीतको एलबम सिडी “परदेश”२००५, “मौनता”१९९८, “यौवन”१९९५, लोक गीतको एलबम सिडी “आँखी झ्यालैमा”१९९७ अनि फुटकर गीत रेकर्डिङ्ग र अन्य रचनाहरु प्रकाशित छन् । उनी “Best Representative for the Year 2003″ (from INLSHQ) बाट र ” Excellence lyricist-2054 BS” (Radio Nepal)” बाट पहिले नै पनि संमानित छन्
पाँचौं ः बालसाहित्यका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज शारा बालसाहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार - यो पुरस्कार बालसाहित्यको उत्थान र शिशुहरूलाई नेपाली पढाउन प्रोत्साहन दिनको लागि सजना तथा अच्युत श्रेष्ठले आफ्नी सानी छोरी शाराको नाममा स्थापना गरेको हो । यसको नगद राशी ने.रु. १५,००० छ । यो पुरस्कार बालसाहित्यसम्बन्धी पुस्तकहरूमध्ये सबभन्दा बढी अङ्क प्राप्त गर्ने कृति वा त्यसका लेखकले पाउँदछन् ।
बालसाहित्यका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज शारा बालसाहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार विजयी कृति ‘आधा देशको राजकुमार’ हो । यो वाल उपन्यास हो । यसका लेखक श्री शाश्वत पराजुली हुन् । उनको जन्म २०२६।०८।०६ निवास सानेपा, ललितपुर, सर्म्पर्क ः ५५५०९७२, ९८१०३०७३९ हो । हाल उनी एनन्डेल , भर्जिनिया, यु. एस. ए.मा बस्छन् । उनका पिता नेपाली साहित्यसेवी कृष्णप्रसाद पराजुली र माता निरा पराजुली हुन् । उनको शैैक्षिक योग्यता एम० ए०, त्रिभुवन विश्वविद्यालय अनि कार्यगत अनुभव विविध प्रकाशन संस्थासँग सम्बद्ध भई तीन दर्जन बाल पुस्तकहरूको सम्पादन, ‘मेला’ बालपत्रिकाको सम्पादन/प्रकाशन, २ वर्षप्राध्यापनमा संलग्न र कान्तिपुर पब्लिकेशनको साप्ताहिक बालकोसेली ‘कोपिला’को सम्पादन पनि गरिसकेका छन् । उनका प्रकाशित कृतिहरू यी हुन्ः हीराको टुक्रा -बालकथा सङ्ग्रह, २०४४), अनुहारको चित्र -बालकथा सङ्ग्रह, २०५४), नेपाली साथी क, ख, र अङ्क १ देखि ८ सम्म -२०५६), लाटोकोसेरोलाई लड्डु -बालकथा सङ्ग्रह, २०५८), पुतलीको यात्रा -बालकथा, २०५८), छिमेकी चरा -अनुवाद बालकथा, २०५८), ब्ाादलुले रङ्ग फर्ेदा -गीत सङ्ग्रह, २०५९ ), बिचरो बुख्याचा -बाल चित्रकथा, २०५९), सुरीको साइकल -बाल चित्रकथा, २०५९), चुस्के र छुस्के -बाल चित्रकथा, २०५९), भकुल्लेको साथी को - -बाल चित्रकथा, २०५९), हिउ“कान्छा -बाल चित्रकथा, २०५९), दङ्ग-फुरुङ्ग -बाल चित्रकथा, २०५९), गोपीको टोपी -बाल चित्रकथा, २०६०), सिंहपता मैजु र अरु कथाहरू -बाल चित्रकथा, २०६०), आधादेशका राजकुमार -बाल उपन्यास, २०६०), शिल्पी -आधुनिक गीतको सि.डी क्यासेट, २०६१) । उनको संलग्नता यी संस्थासित रहेको छः संस्थापक सदस्य, सुनकोसी साहित्य प्रतिष्ठान, कार्यसमिति सदस्य, नेपाल बालसाहित्य समाज, सहयोगी, नेपाल जापान बाल पुस्तकालय, सहसचिव अनेसास मेट्रो च्याप्टर वाशिंगटन डि.सी. । शाश्वतले पाएका पुरस्कार यी हुन्ः रेडियो नेपालद्वारा सर्वोत्कृष्ट गीतकार पुरस्कार-२०५०, वी० पी० मेमोरियल जागरण गीत प्रतियोगितामा सर्वोत्कृष्ट, गीतकार २०५१, सम्पादित ‘मेला’ बालपत्रिकालाई उत्कृष्ट बाल पत्रकारिता, पुरस्कार-२०५७, रत्न बालकोषद्घारा उत्कृष्ट लेखक पुरस्कार २०५८, जमर्को बाल पत्रकारिता पुरस्कार २०५८, बाल विकास पत्रकारिता पुरस्कार २०५९, पारिजात उत्कृष्ट बालसाहित्य पाण्डुलिपि पुरस्कार २०५९ र अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज शारा वालसाहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०६२ ।
छैठौं ः धवलागिरि अञ्चलका पुस्तकका लागि अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रोहिणी शर्मा धवलागिरि सर्वोत्कृष्ट पुस्तक पुरस्कार- यसका प्रायोजक रोहिणी शर्मा हुन् । यो पुरस्कार धवलागिरि अञ्चलका लेखकले लेखेका कृतिलाई दिइन्छ । यो १००००।०० नगदको छ । यसपटक यो पुरस्कार लक्ष्मण गौतमको ‘समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण’ ले पायो । लेखक लक्ष्मण गौतम बैशाख २०२०, बाग्लुङ्गमा जन्मेका हुन् । उनको शिक्षाः बी.एड., एम्.ए. -नेपाली) र व्यवसाय प्राध्यापन हो । उनका अन्य प्रकाशित कृति हुन्ः नन्दनको काव्यिक परिवेश -२०५२), चितवनको साहित्यः र्सर्वेक्षण र विश्लेषण -२०५२), सान्दर्भिक समालोचना -२०५७) । उनले अन्य पुरस्कार र संमानमा नारायणी वाङ्मय पुरस्कार -२०५०) र चिसाप प्रतिभा सम्मानपत्र -२०६०) पाएका छन् । उनका संपादन मधूलिका, मारुनी, ऋचा, ममगतृष्ण लगायत पत्रपत्रिका र पुस्तकहरु र संलग्नता चितवन वाङ्मय प्रतिष्ठान र नेपाली लेखक संघ हुन् । संप्रतिः त्रिभुवन विश्वविद्यालय, विरेन्द्र वहुमुखी क्याम्पस, भरतपुरमा प्राध्यापनको साथ साथ उनी ऐले समकालीन नेपाली कविताका प्रवृत्तिगत पक्षमा विद्यावारिधि गर्दै छन् ।
‘समकालीन नेपाली कविताको बिम्बपरक विश्लेषण’ साझा प्रकाशनबाट प्रकाशित हो । यो कृति यस क्षेत्रको एक मात्र आधिकारिक कृति भएको कुरा विभिन्न विद्वान्हरुले यसबारेमा लेखेका समालोचना, समीक्षाहरुबाट पनि प्रमाणित हुन्छ कि अनेसासले यस पुस्तकलाई अफ्नो क्षेत्रमा अद्वितीय स्थानमा राखी यसलाई अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रोहिणी शर्मा धवलागिरि सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट संमानित गरेर योग्यको योग्यताको कदर गरेको छ ।
यी पुरस्कारको लागि यस पटक ४५ शर्ीष्ाक दर्ता भएका थिए । अनेसास कृति मूल्याङ्कनका प्राथमिक तहका ३ जना विद्वान् र अन्तिम तहका ३ जना विद्वान्को पृथक् पृथक् मूल्याङ्कन र त्यसको सरदरबाट प्राप्त मापन र मूल्याङ्कन गोप्य प्रकियाबाट यी ८ वटा कृति पुरस्कारको लागि छानिएका हुन् ।
यी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज उत्कृष्ट पुस्तक पुरस्कारका विजयी विद्वान्हरूलाई बधाई ज्ञापन गर्दै यसका निर्ण्ाायक विद्वान्हरू, यी पुरस्कारका प्रायोजकहरू र अनेसासका कर्मठ सहृदयी कार्यकर्ताहरू र अन्तर्रर्ााट्रय साहित्य समाज पुरस्कार समितिका प्रवन्धकहरु सबैले प्रशंशनीय काम गरेका छन् ।
यो त थियो विगतको कुरो अब भविष्यको कुरा गरौं । अब २००५ र २००६ मा प्रकाशित भएका पुस्तकहरु पुरस्कार मनोनयको लागि दर्ता भै रहेका छन् । अरु त पहिलेकै नियम हुन् । यस पटक २वटा नयाँ कुरा न बिर्सन श्रोता वा पाठकलाई म सचेत गराउन चाहन्छु ।
१. पहिले १०प्रति पुस्तक दर्ता गर्नु पथ्र्यो । हुलाक खर्च बढी हुने कुरोलाई ध्यानमा राखेर समितिले केवल ६ प्रति मात्र मागेको छ । अनेसासको नियम अनुसार ६ जना निर्ण्ाायक प्रत्येक पुस्तकमा राख्नुपर्ने भएकोले ६ प्रतिबाट कम गर्न नसकिने कुरामा औचित्य नै देखिन्छ ।
अर्को कुरा
२. पहिले आञ्चलिक पुरस्कार धवलागिरिमा मात्र थियो यो यस पटक विस्तार भएर मेची, कोशी, नारायणी, गन्डकी र लुम्बिनी अञ्चलका पुस्कारको प्रायोजन पनि भै सकेको छ । यो साल भरमा अरु अञ्चलको लागि पनि व्यवस्था हुन सक्ला भन्ने आशा अनेसासले गरेको देखिन्छ । हाल यो पुरस्कार ७ अञ्चलमा मात्र छ तापनि यसको योजना नेपालका चौधै अञ्चलमा १-१ पुरस्कार राख्नु हो । यस योजनाका अग्रज श्री रोहिणी शर्माज्यूको सपना कि म धवलागिरि अञ्चलको भएर जन्मथलोलाई जति माया गर्छर्ुुयति माया गर्ने हाम्रा अरु अञ्चलका पनि धेरै साथी छन् जसको प्रयासले नेपालका कुना-कुनामा हामीले यो पुरस्कार पुर्याउन सकिन्छ भन्नु हो । यो पुरस्कार जुन अञ्चलको लागि जुन अञ्चलका मूल निवासीले लेखेर दर्ता गरेको हो त्यही अञ्चलका पुस्तकमध्ये सर्वोत्कृष्ट ठहरिएको पुस्तकले पाउँछ । यो पुरस्कार नगद १०,००० ने.रु. बराबरको छ । यसमा पनि सबैको ध्यान पुगोस् भन्ने मेरा ध्येय हो । माथि भनिएका ७ वटा अञ्चलको लागि पुरस्कार प्रायोजन गर्ने साहित्यसेवीहरुकै नामबाट यी आञ्चलिक पुरस्कार स्थापना भएका छन् । तिनको नाम यस प्रकार रहेको छः सीता पान्डे मेची अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, चेतनाथ घिमिरे कोशी अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, ठाकुर शर्मा जनकपुर अञ्चल अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, गोविन्द गिरी ‘प्रेरणा’ नारायणी अनेसास उत्कृष्ट पुस्तक पुरस्कारर्,र् इश्वर देवकोटा गन्डकी अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, मधुकर देवकोटा लुम्बिनी अनेसास उत्कृष्ट पुस्तक पुरस्कार र अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज रोहिणी शर्मा धवलागिरि सर्वोत्कृष्ट पुस्तक पुरस्कार रहेका छन् । यसमा व्यक्तिको नाम न राख्ने भन्ने मतान्तर गोविन्द गिरी ‘प्रेरणा’को हुदाहदै पनि तत्कालको लागि बहुमतले प्रायोजकको नाम अञ्चलसित जोडेर पुरस्कारको नाम दिने भन्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार समितिले नियमन गरेकोले यसमा सबैको सहमति रहेको छ । आफूले न लेखे पनि आफ्नो अञ्चलमा लेख्नेलाई प्रोत्सान गरी साहित्य सेवागर्न चाहने प्रायोजकहरुले आआफ्नो अञ्चलको स्मरण गर्ने मञ्च हो यो डायस्पोराबाट । त्यसैले बाँकी अञ्चललाई पनि चाँडै नै प्रायोजकहरु अगाडि आउनेछन् भन्ने करामा म विश्वस्त छु ।
अन्तमा यी पुरस्कारको लागि २००५ र २००६ मा प्रकाशित पुस्तक दर्ता ऐले भैरहेका छन् । दर्ता गनुपर्ने मिति अन्तिम मिति २००७को जनवरी १५ हो । यो मितिभित्र हुलाकबाट वा हाते अनेसासको प्रधान कार्यालय 1727 Horner Road, Woodbridge, VA 22191 मा पुगिसकेका हुनर्ुपर्छ भन्ने पुरस्कार समितिको निर्ण्र्ााभै तदनुसार सूचनाहरु प्रसारण भै रहेको छ भन्ने समितिले जनाएको छ । यी कुरा श्रोता वा पाठकलाई सामान्य जानकारी मात्र दिन उल्लेख गरिएको हो । खास आधिकारिक जानकारी आवश्यक परेका समितिमै सर्ंपर्क गर्नु नै समुचित हो । सात समुद्रवारपारबाट तपाई हामीले चाँडै योजना गरेनौ भने गन्तव्यमा पुग्न सकिन्न । त्यसैले यो अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कारको संक्षिप्त सिंहावलोकनले हामीलाई दूरदृष्टि देओस् र यसमा सहभागी बन्न धेरैलाई सफल बनाओस् । कामना यत्रि नै हो ।
ç