February 19, 2006

समय संचेतना, आप्रवासी लेखन र सुवेदीको अंकुर उपन्यास

Filed under: परिचय

एच्बी भन्डारी ‘प्रभात’
योर्क, पेन्सिल्भेनिया

दोश्रो विश्वयुद्धको समाप्तिसगैं उत्तरआधुनिक युगको लेखनको प्रादर्ुभाव भएपछि लेखकका कलमहरु संसारका व्यवस्थाहरुमा रमाउन सिक्न लागे । टी.एस्. इलियट द वेष्टल्यान्डमा रोए जस्तो रुन छोडे । युद्धले क्षतविक्षत संसार एकातिर थियो भने अर्कोतिर मान्छेको रगतको खोलो बग्यो, त्यहाँ धर्म संस्कृति, मानवीयता संपर्ूण्ा एकैचोटी खरानी भयो । विस्तारै संसारले युद्धबाट पाठ सिक्न लायो । विचारको द्वन्द्व समाज परिवर्तन गर्ने नव दृष्टिका चेतना बीचमा द्वन्द्व, मानवीय मूल्य र मान्यताको स्थापनाको लागि अनेकन विचारहरुको मन्थनले आज सिङ्गो प्रजातान्त्रिक चरित्रको संसारको अभ्युदय शुरु भयो । तर्सथ यौटा युगिन पाठले सदैव समाज र संसारको अग्रगमनलाई निर्देश गरेको हुन्छ । एउटा पाठ समय र स्थानबाट मुक्त हुन कठिन पर्छ, वरु समय संचेतनालाई पक्रेर संपर्ूण्ा समाजलाई विचार उत्तेजक रुपमा प्रस्तुत गर्दै गतिशील कल्पनाको तरङ्गले चेतनाका विजारोपण गर्दछ । यस सर्न्दर्भमा २०४३ सालमा न्याउली उपन्यासको प्रकाशनसंगै आफ्नो औपन्यासिक यात्रा शुरु गरेर अहिलेसंम सात उपन्यासका र्सजक आप्रवासी लेखकका अग्रिणी उपन्यासकार सुवेदीको पछिल्लो उपन्यास ‘अंकुर’ भित्र प्रयुक्त समय संचेतना र आप्रवासी लेखनका केही पक्षलाई प्रस्तुत लेखमा समेट्न खोजिएको छ ।
नेपाली उपन्यासले परंपरागत रुपमा अंगाल्ने गरेका आधारशीलालाई भत्काउदै ‘अंकुर’ उपन्यासको थालनी उपन्यासको अन्त्यबाट भएको छ । कथानकको शुरुवात परिवर्तनको संवाहकको रुपमा उभिएको पात्र कैलाशभित्रको जगडिएर बसेका क्रान्तिकारी चेत संगै उसभित्रका पीडा र रोदनका घाउहरुले यो इतिहासलाई सच्याउने हाँक दिन्छ । भूतको इतिहास पढेर देखिने भविष्यका कोरा सपनाले एक्काइसौं शताब्दीले परिकल्पना गरेको संसारको लक्ष्य हासिल न हुने स्पष्ट विचारको शंखघोष गर्दै कैलाशले इतिहासलाई नयाँ ढंगले विवेचना गरिनुपर्ने आवश्यकतालाई उजागर गर्दछ । नवाहको धन पंडितहरुलाई मात्र बाँड्नुभन्दा पुस्तकालयमा लगानी गर्दा आउने नाफा समाजको परिवर्तनको कारक बन्छ भन्ने विचारको अंकुर उमार्न कैलाश परंपराको खिलाफमा खरो उत्रन्छ । सबैभन्दा ठूलो परिवर्तनको लागि आफूलाई परिवर्तन गर्ने प्रणका साथ उसको पहिलो आक्रमणको निशाना आफ्नो अगिल्लो पुस्ता हुन्छ । अगिल्लो पुस्ताको नेतृत्व लिइरहेका आफ्ना बाबुहरुको गलत र क्षणिक सोचाइ नै नेपाल र नेपालीको बाधक भएको संकेत गर्दै कैलाश बोल्छः
“पिताजीको हात चप्प समातेर भन्न पाए भन्थें-यो ‘रगत, यो विकसित रगत, यो कालो भएर पनि विचारमा बदलिएको छ …नृशंश बन्दै गइरहेछ ।”
यस अर्थमा कैलाशको दृष्टिले शtmिले सिर्जित इतिहासलाई खन्डखन्डमा हेरेर प्रत्येक खन्डका गल्तीहरुलाई सुधार्दै अगाडि बढ्न नसकेमा नेपाली समाजको विकाशको गति दिनानुदिन खस्कदै जाने यथार्थको उजागर गर्दछ । साधारण समयले दिएको उत्तरदायित्व वहन गर्छ । उत्तरदायित्व वहन गर्न सक्नु पनि आफूलाई सुधार्नु हो । प्रत्येक व्यक्तिले आफूलाई सुधारेमा समाज देश र सिङ्गो संसार सुध्रन्छ । तर विडंबना आज मानिस व्यक्तिगत स्वार्थका लागि अरुहरुको स्वार्थलाई किचेर दबाएर र निचोरेर हिडिरहेको छ । यसको विरुद्धको आवाज हो-कैलाशको आवाज! यथार्थको धरातलमा उभिएर गहन स्वरुपमा आफूलाई केलाउदै नेपाली समाजसंग मनोवाद गर्दछ । क्रिया र प्रतिक्रियाको तरङ्गको छाल बग्छ यसभित्र । वलिष्ठ हात र परिपक्व सोच भएको दावासंगै उसले आफूलाई सत्रको क्राइसिस् घोषणा गर्दछ । कैलाशले उपन्यासको शुरुमै यो मेरो कथा हो भनेर भन्नुले उपन्यासभित्र अर्को उपन्यास रचिएको भान हुन्छ । यो कैलाशभित्र हर्ुर्केको ज्वारभाटाभित्रको शक्तिले समाज परिवर्तन गर्न दिइएको अर्को हाँक हो र चुनौती पनि । यो आवाज पिता पुस्ताको प्रेम र व्रि्रोहसंगसंगै कवरसंगै एकाकार बनेर रहेको छ । परंपराका नाममा अनुशरण गरिने संपर्ूण्ा धर्म संस्कृतिको सत्तालाई एकातिर राखेर कैलाश स्वप्नील संसारबाट अरुलाई संचालित स्टेरिङ्ग आफ्नो स्वविवेकले संचानल गर्नको लागि लडिएको युद्धको कथा हो- अंकुर । ज्ञानको पर्फेक्शनमा पुग्यौ भन्ने भ्रमले आफूभित्रको कालोलाई नै भाज्न नसक्नुको पीडाको भाङ्गमा अल्झेको संपर्ूण्ा नेपाली समाजको परिदृश्यलाई यस उपन्यासले समेटेको छ । अरुबाट संचालित हुनुको पीडालाई नेपाली कवि भूपि शेरचनले नेपालीलाई अरुबाट संचालित नेपाली फगत क्यारम्बोर्डका गोटी भएको पीडालाई अझ विशिष्ट रुपमा उपन्यासको न्ाायकले अदृश्य शक्तिको विरुद्धमा व्रि्रोहको लडाइले प्रतिनिधित्व गर्दछ । सय प्रतिशत सत्य र सय प्रतिशत असत्य भन्ने लडाइ न भएर ज्ञानलाई पर्फेक्शनमा पुराउन कठिन छ भन्ने मनोविज्ञानका साथ प्रक्रियाको रुपमा भइरहने लडाइ नै उसको लडाइ हो । जीवनको दर्शन र समाज परिवर्तनको चुनौतीपर्ूण्ा लडाइ खुला अन्त्य भएको विकेन्द्रित लडाइ हो ।
लेखकको भौतिक बसाइको थलो अमेरिका भए पनि बारम्बार उनी स्मृतिको मानसपटलमा रहेको आफू जन्मेको भूगोलको कथानक उनको मूलतिरको फर्काइलाई संकेत गर्दछ । उपन्यासको मूलपात्र बोल्दछः मेरो सामुन्ने रहेको टेलिस्कोप जस्तो मेरो त्यो सुन्दर धर्तीलाई हर्ेर्ने दूरवीक्षणयन्त्रबाट म सितारा गन्न छोडेर पछि हटेको थिएँ…यसरी चुत्रोको बुटो र बिलाउनेको गाँजभित्रै जीवन दर्शनको स्वाभाविक प्रकृयाको मूल तत्वलाई यस उपन्यासले समातेको छ । आम संपर्ूण्ा नेपालीको चेतनाको स्थिर बढ्न न सक्नमा बिशेष गरेर परम्परावादी र कुरीतिजन्य समाज नै ठहर्‍याउदै पात्र कैलाशले यज्ञबाट संकलित पैसा पुस्तकालय वा विद्यालय निमार्ण्र्ाा खर्चगनुपर्ने विचारलाई आफ्नो मुख्य तथा धर्म र पेशा बनाएको छ । ऊ अगाडि बोल्छः ‘मैले निर्ण्र्ाागरें, निर्णर्य गरें -यो मेरो आफ्नो होइन कतिपय वर्षेखिको कामना थियो कि म एक सरस्वतीको मन्दिर बनाउँदा भएको यो मन्दिरबाट लाटाले आँखाले देख्नेछन्, अन्धाले बोल्न जान्नेछन् । दम्भ र अचेतनाको कारणबाट नै नेपाली समाजमा दबाउने र दबिने वर्गबीचको खाडल चाक्लिएको यथार्थलाई मध्यनजर गर्दै अंकुर उपन्यासलाई हर्ेदा यो नयाँ आवाजको शङ्खघोष संगै आम परिचयको साथ नेपाली समाजको आर्तनाद पीडाहरुलाई मलहम लगाउने समुच्च दस्ताबेज हो । पुस्तक पढ्दै जाँदा अस्तित्ववादी धारका महान् लेखक काफ्काले भने झै एक महान् किताब भनेको हामीभित्रै जमेको समुद्रलाई काट्ने बन्चरो हो भन्ने वाणीलाई चरितार्थ गरेको पाइन्छ । मानवीय संवेदनाको पल्लो सिंढीमा पुगेर आत्मा र विचारको सुन्दर संयोजनभित्र आत्मक्रान्तिद्वारा समाजमा विद्यमान कुरीति विरुद्ध उपन्यासभित्र चलेको लडाइले नै उपन्यासकार सुवेदीको औपन्यासिक विशिष्टता, काल्पनिकता र यथार्थ बीच भएको सुन्दर त्रीपक्षीय मिलनको सुन्दर संयोजन देखाउँछ ।
अंकुर उपन्यास यौटा आफैमा पर्ूण्ा नेपालको सजिव चित्र बोकेर आएको छ । घाँस दाउरा, धारा, पधेरादेखि चुत्रोका रुखसंगै देशको विकराल मानसिक सामाजिकदेखि आर्थिक क्रान्तिलाई समेटेको छ । अत्यन्त शूक्ष्म रुपमा आएका बिंबहरु प्रत्यक्ष र परोक्ष रुपमा क्रान्तिचेतलाई उजागर गर्नमा प्रयुक्त छन् । उपन्यासभित्रको यात्रा वर्ण्र्ाार उपन्यासले समेटेको जम्मा ९ दिने यज्ञको कथाको विषयवस्तुमा संपर्ूण्ा मानवीय संभावना, जटिलता र कारुणिक पक्षहरुको अवलोकन गर्दा आधुनिक अंग्रेजी उपन्यासकार जेम्सजेयसको युलिसिसको झझल्को दिन्छ जहाँ थोरै समय -८ घन्टाको)को कथाभित्र एउटा जटिल संसार अटेको छ । जोयसले वाष्पचेतनाको सहाराले विकृति, विसंगति, विसंगतिबाट बच्ने स्पेस खोजे जस्तै सुवेदीको उपन्यासमा पनि त्यो स्पेसको खोजी व्यापक रुपमा भएको छ । शैलीको पक्षतिर हर्ेदा फ्रायडियन मनोवैज्ञानिक धार र वाष्पचेतनाको दोहोरो संयोग पाइने सुवेदीका उपन्यासको नौलो शैलीलाई यहाँ अझ सशक्त रुपमा देखिएको छ । यी सबै शैलीहरुबाट मूल पात्र कैलाशले खोजेको स्पेशभित्र देशको भविष्यको खाका छ ।
वाशिङ्गटन डिसीबाट भर्जिनिया हुदै बाल्टिमोर र मेरिल्यान्डसंम पेटका वाध्यताले कुद्दा ऋतु परिवर्तनको समयमा रुखका पातहरुले बदलेको रंगीविरङ्गी रंग देख्दा आफ्नो देशमा काफल पाकेको संझदै अगाडि बढेको संकेत पाइन्छः
‘माथि हेरें, हामीलाई थोरै मात्र भए पनि भष्म पार्ने घामबाट छत्रछाया दिने झपक्क राता काफल फलेका काफलको रुख देखें दुर भएर पहिले न देखेंको हैन । देशप्रतिको माया अंगे्रजीमय वातावरणमा नेपाली चर्किएका घर गोठका कथा लेख्ने सुवेदीको भाषा प्रतिको मोहले अझ प्रस्ट पार्दछः ‘म पनि १६ वर्षो हुंदा सिद्धान्त कौमुदी पढ्थें । लाग्थ्यो-इज्यत बढ्छ । म गर्थें पनि त्यस्तै ।’ यसरी प्रस्तुत उपन्यासले एकातिर आफ्नो भाषा, राष्ट्र, संस्कृति र सभ्यताको परिचय दिइरहेको छ भने अर्कोतिर नेपालीमा जीवनप्रति हर्ेर्ने नकारात्मक र शून्यवादी दृष्टिकोणलाई अत्यन्त सकारात्मक र आशावादी हुन प्रेरणा र सूचना दिइरहेको छ । म-भन्नुको सारको खोजीमा सुवेदीको कैलाश क्रिमेन्टसको सान्चो पान्जा र मार्लोको द अलेक्ज्यान्डर द ग्रेट र उत्तरआधुनिक काव्यकार गोपाल पराजुलीको नयार्ँर् इश्वरको घोषणाका कृष्णप्रसाद र विष्णुप्रसादको गतिमा नयाँ सोच कल्पना अठोट उत्साह र उमङ्गको नयाँ स्वरुप देखिएको छ । अंकुरले बोकेको जीवन दर्शन सम्पर्ूण्ा रुपमा मानवीय चरित्रको छ; ‘यो सिद्धान्तमा मात्र न भएर व्यवहारमा नै देखाउने प्रण यसरी गर्दछः मेरा कहानी, मेरा कविता, मेरा छाला, मेरा रगत, मेरा प्राणका रन्ध्र रन्ध्रमा उनीहरुको वियोगको स्वर गुन्जिरहन्छ ।’ अझ अगाडि बढेर भन्छ-’यहाँ यो धरतीमा यो परिधिमा मेरा कुनै पनि संस्कार हतकडी बनेर आउन् म तोड्नेछु । एक बखत भयड्ढर सिंगले झम्टिन किन नआओस् म उठाएर फ्याँकी हसमुख म जीवनको पूजागर्ने छु । यो सड्ढल्प छ भने यो शोषणको आँगनमा पलाएको खराब सँस्कृतिको विरुद्धको सड्ढल्प हो; मामा र ससुराको मृत्युको टीका लगाएर दिइने दान जस्ता हजारौं हजार अन्ध विश्वाशले जन्माएका पीडाका विरुद्धको प्रजातान्त्रिक सड्ढल्पको चेत हो । व्राहृमणको छोरा कैलाश पुराणहरुलाई भर्‍याङ्ग बनाएर भइरहेको शोषणको विकाशको लागि पराश्रति, परावलम्वी, पपरमुखापेक्षी र अस्तित्व हीन सबैसंग ऊ निरन्तर लडाइ लडिरहन्छ र अन्ततोगत्वा सफलता पाउदै पनि द्वन्द्वको उपस्थितिसंगै द्वन्द्व व्यवस्थापनमा नै समाजको हितलाई संकेत गरिएको यस उपन्यासले द्वन्द्वलाई मूल र विशिष्टरुपमा लिएको छ । द्वन्द्वमा यस संसारका तमाम शक्तिलाई जित्न सकेपनि आफूभित्रको शtmिलाई जित्न र ढाँट्न नसकिने र त्यही शक्तिको सकारात्मक पक्षको पूजा र निर्देशमा अगाडि बढ्दा उन्नतिका नयाँ बाटाहरु पहिले नै यथार्थ नै उपन्यासको सरल कथानकभित्र समेटिएको छ । मुख्य कथानकलाई उपन्यासकारले यसरी लेख्छन्ः कुनै ठूलो कुरो होइन एक साधारण यज्ञको आम्दानी आजका दही चिउरे जड्याहा पाखन्डी बाहुनलाई दिनुको बदला एक यस्तो सात्विक शक्तिmमा लगाऊँ जसले दिने र लिने सबै सन्तुष्टी हुन्’ शुक्ष्म विषय वस्तुमा केन्द्रित रहेर जीवनका हरएक पाटाहरुलाई ओल्टाइपल्टाइ केलाउन सक्ने विशेषतालाई हर्ेदा सुवेदीले तय गरेको उत्तरआधुनिक लेखनको यात्रालाई समुच्च रुपमा देखाउँछ ।
आस्तिक र नास्तिकको मनोगत प्रश्नलाई गरिने शोषणको विरुद्ध उभिएको यस उपन्यासले मध्ययुगिन अध्यारो समय अझ पनि हामी नेपालीमा न हटेको संकेत गर्दछ । चर्चका पादरीहरुले धर्मको नाममा गरेको पथभ्रष्टता र बुर्द्धधर्मको नाममा भारतीय उपमहाद्विपमा अठारौं शताब्दीमा भएको यौनदुराचारको हाराहारीमा धर्मको गलत प्रयोगलाई देखाउदै आफ्ना कमजोरीहरुको उत्तरदायित्व यस उपन्यासले वहन गरेको छ । यो औपचारिक शिक्षाभन्दा समय संचेतनाले देखाएको दृष्टिकोण हो, अनुभव हो । यस सर्न्दर्भमा कैलाश धर्मको वकालत गर्ने पिताजीलाई जबाफ दिन्छ; ज्ञान पिताजीको ढुंग्रामा भरिएर राखिएको मात्र हुन्न ।
यसरी चेतनाको स्तर र माथि उठ्ने समाज परिवर्तनको कारण तत्व भएको यथार्थलाई आत्मसात् गर्दै द्वन्द्वको उपस्थितिमा समय संचेतना स्पष्ट देखिने प्रस्तुत उपन्यास अंकुरले दिशा निर्देश गरेको स्पेश र परिवर्तनले सुवेदीले नेपाली आप्रवासी लेखनको अगुवाइ रुपमा बनाएको परिचयलाई अझै विशिष्ट रुपमा देखाउनुकासाथै नेपाली समाजको प्रगतिको नयाँ संभावनाहरु उजागर गर्दछ । उपन्यासको पात्र कैलाशमा सत्र वर्षो उमेरमा देखिएको तपस्या र चेतलाई नेपाली परिवेशमा हर्ेदा बढी औपन्यासिक पात्रको छनक पाइए पनि उसलाई समय सूचकको रुपमा लिए’लिइएकोले उसको उपस्थिति अत्यन्त प्रतीकात्मक छ । अन्धविश्वास मुठे बलका आडमा गरिने शोषण र दमनका विरुद्धमा कैलाशका मुलग्राही आँखाले रोपेको अंकुर उम्रिदा हर्ुकदा र झाँगिदा साच्चिकै देशको परिवर्तन हुने संकेतन यस उपन्यासले गरेको भाव पक्ष हो । दोश्रो विश्व युद्धपछि देखिएको नयाँ उत्तरआधुनिक सोचको प्रतिज्ञा र नवनिर्माण नै यसको लक्ष्य हो । नयाँ समय संचेतना बोकेर आएको द्वन्द्वको स्वरुपलाई शरद ऋतुमाथि हेमन्तको तुषारो खनिए झैं आएको छ अंकुर जुन समाज परिवर्तनको मुलढोकाको साँचो हो । देशका अगेना चिसा भएका र रगतको खोलो बगिरहेको वर्तमान अवस्थामा अंकुर उपन्यासले आप्रवासी लेखनको मुलमर्मलाई समेट्दै पाठकलाई सुन्दर भविष्यप्रति सकात्मक सोचका साथ मानसिक द्वन्द्व र भाइचाराको रुपमा अगाडि बढ्दै समाज निमार्ण्र्ाार्ने ठूलो दायित्वबोध गराउँछ ।
ç

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2006/02/19/ankur-novel/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons