September 9, 2007

अनेसास साउदी अरेविया च्याप्टरको पुनरगठन सम्पन्न ।


तस्विर :- प्रवासी नेपाली डटकम्

अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको यहि मिति २००७ सेप्टेम्बर ७ तारिषका दिन अनेसास साउदी अरेविया च्याप्टरका संस्थापक सभापति श्री सागर श्रेष्ठ तथा विशिष्ट ब्यक्तिहरुको समुपस्थितीमा अनेसास साउदी अरेविया च्याप्टरको पुनरगठन कार्य सम्पन्न भएको छ ।
उक्त अबसरमा अनेसास साउदी अरेविया च्यप्टरका निवर्तमान महा सचिव मोती चाम्लीङ्गद्वारा लिखित प्रबन्ध प्रवासबाट पुस्तक विमोचन गरिएको थियो । पुनरगठन नयाँ कार्य समितिमा मोती चाम्लीङ्गको अध्यक्षमा ११ सदसिय कार्य समितिको गठन भएको छ ।

७ सेप्टेम्वर २००७ , अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टर पुरानो कार्य समितिलाई भंग गरी नयां कार्यसमति पुनर्रगठन गरिएको छ । निकै लामो समयसम्म पर्ुनर्गठनको मिति कुरेर वसेका साउदी अरवका साहित्य प्रेमी प्रवासी नेपालीहरुको कौतूहल यो कार्य समिति चयन पछि समाप्त भएको छ ।
अपरान्ह ४ वजेदेखि वसेको साहित्यिक भेलालाई संबोधन गर्दै निवर्तमान च्याप्टर महासचिव मोती चाम्लीङ्गले कार्यक्रमको अध्यक्षता गरिदिनका निम्ति संस्थापक सभापति श्री सागर श्रेष्ठजीलाई अनुरोध गर्नु भएपछि कार्यक्रम अघि वढेको थियो ।
उक्त समारोहमा “मोती चाम्लीङ्गका समसामयिक प्रबन्ध संग्रह, प्रवास वाट” कृतिको बिमोचन कार्यक्रम समेत सम्पन्न भयो । सो प्रबन्ध संग्रहको बिमोचन गर्दै सागरजीले मरुभूमिको पीडामा फक्रेका साहित्यिक थुंगाहरुको ससम्मान संरक्षण र सर्म्वर्द्धन गर्दै अगाडि वढनु पर्ने तथ्य औल्याउदै नेपाली जनसरोकारमा राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनिति बिश्लेषणमा आधारित लेखहरुको संगालो पुस्तकको रुपमा यसरी प्रवासमा मोती चाम्लीङ्गजीले जन्माउनु भएकोमा वहां साउदी अरवका प्रवासी नेपालीहरुको माझवाट लेख रचनामा हस्तीकै रुपमा स्थापित हुनु भएको मात्र होइन, विश्वभरका नेपालीहरुमाझ नै चर्चाको शीखरमा रहनु भएको छ भन्नु भयो ।
सो कृतिको विमोचन पश्चात समारोहका अध्यक्ष सागर श्रेष्ठजीले पुरानो कार्यसमिति बिघटन भएको घोषणा गर्नु भएको थियो भने नया कार्य समिति निर्माणको लागी ३ सदस्यीय अध्यक्ष मण्डल र्सवसम्मतले निर्माण गरिएको थियो ।
तीन सदस्यीय सो अध्यक्ष मण्डलमा, साउदी च्याप्टर संस्थापक तथा भूतपर्ूव अनेसास केन्द्रिय सचिव सागर श्रेष्ठ, तमू धीं साउदी अरवका महासिचव ओम घले र नेपाली आदिवासि जनजाती मंच साउदी अरवका वर्तमान महासचिव रत्न लावती हुनुहुन्थयो । अध्यक्ष मण्डलको निर्ण्र्ाााई र्सार्वजानिक गर्दै सागर श्रेष्ठजीले नया कार्यसमितिको घोषणा गर्नु भएको थियो । सो अघि नै नया कार्यसमिति गठन प्रक्रियामा कोही असन्तुष्ट रहेमा निर्वाचन प्रक्रियावाट पदाधिकारी चयन गरिने जानकारी गराइएता पनि कोही कसैले असन्तुष्टी ब्यक्त नगरी अध्यक्ष मण्डलको निर्ण्र्ााा चित्तबुझदो पदाधिकारी र सदस्यहरुको टिम निर्माण भएको भन्दै र्सवसम्मत तालीको गडगडाहटले नया कार्यसमितिलाई स्वागत गरिएको थियो ।
निवर्तमान सभापति खेमनाथ पौडयालजी आफनो कार्यअवधि समाप्त नहुदै विवशतावश साउदी अरव छोडेर दुवइतर्फलाग्नु परेकोले वहांको अनुपस्थितिमा सुसुप्तप्राय कार्यसमितिले नयां जीवन प्राप्त गरेको छ । सो समारोहमा भूतपर्ूव सभापति खेमनाथ पौडयालजीको योगदान र क्रियाशीलताको प्रशंसा गर्दै खेमनाथजीको गह्रुंगो साहित्यिक तथा पत्रकारीताको व्यक्तित्ववारे प्रकाश पार्दै खेमनाथ “मधु”पौडयालजीले दुवइवाट पठाउनु भएको शुभकामना सागर श्रेष्ठजीले सुनाउनु भएको थियो । करीव तीन घण्टा लामो कार्यक्रमलाई अध्यक्ष मण्डलका सदस्य ओम घलेजीले समापन भाषण दिनु भएको थियो भने नया कार्यसमितिलाई शुभकामना मनतव्य रत्न लावती नारायन श्रेष्ठ ज्यूले ब्यक्त गर्नुभएको थियो । घोषणा सभा पश्चात ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण गरि श्रद्धान्जलि अर्पण गरिएको थियो ।

नवगठित कार्यसमिति निम्नानुसार रहेको छ ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टर कार्य समिति

सभापतिः-मोती चाम्लीङ्ग - पांचथर
उपसभापतिः-तिलक गुरुङ्ग - लम्जुङ्ग
महासचिवः-भरत लामा - सिन्धुली
सचिवः-मेक गुरुङ्ग - स्याङ्गजा
कोषाध्यक्षः-डिगम र्राई - खोटाङ्ग
सहकोषाध्यक्षः- डि वी र्राई - संखुवासभा
सदस्यः-जिवित खडका मगर - मोरङ्ग
सदस्यःर्-अर्जुन क्षेत्री - कास्की
सदस्यः-दिलीप सुब्बा - इलाम
सदस्यःकमल महत - रुकुम
सदस्यः- छन्त वहादुर कार्की - गुल्मी

सल्लाहकार समिति
संरक्षक तथा वरिष्ठ सल्लाहकारः-
संस्थापक सभापति सागर श्रेष्ठ - सिन्धुपाल्चोक
सल्लाहकार सदस्यः- डा. युद्ध वहादुर क्षेत्री - काठमाण्डौ
सल्लाहकार सदस्यः- मोहन गुरुङ्ग -कास्की
सल्लाहकार सदस्यः- इन्जिनियर धरम के. शी. - दाङ्ग
सल्लाहकार सदस्यः- ओम घले - लम्जुङ्ग
सल्लाहकार सदस्यः- कृष्ण प्रसाद शर्मा सुवेदी - नवलपरासी
सल्लाहकार सदस्यः- रत्न लावती - झापा

पर्ुनर्गठीत मिति ७ सितम्वर २००७
साउदी अरव दम्माम

Comments »

The URI to TrackBack this entry is: http://inls.blogsome.com/2007/09/09/p25/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons