अनेसास साउदी अरव च्याप्टर नयां मोडमा ।
तिलक गुरुङ्ग
साहित्य जगतमा पहिल्यै र्सार्वजानिक रुपमा व्यक्त भइसकेको अन्तर्रर्ााट्रय उदगार नै छ, “साहित्य समाजको दर्पण हो” । यहां दर्पण भन्ने बित्तिकै आफनो प्रतिविम्व नियाल्न प्रयोग गरिने भौतीक साधन भनेर बुझिन्छ । आफू राम्रो या नराम्रो कस्तो छु भनीकन आफैले जान्न, मुहारमा देखा परेका दागहरु हटाउन, पोशाकको विन्यास मिलाउन, समग्र रुप रंगलाई मनले भने झैं दुरुस्त वनाउन मानव जीवनमा दर्पण साच्चिकै एउटा वरदान सावित भएको छ । व्यक्तिले उपयोग गर्ने कांचको दर्पण जति महत्वपर्ूण्ा छ त्यो भन्दा अथाह गुना धेरै साहित्यिक दर्पणको महत्व छ । कांचको दर्पणले व्यक्तिको बिन्यासमा आमूल परिवर्तन ल्याउंछ भने साहित्यिक दर्पणले जुनसुकै प्रगतिवादी मानव समाजलाई आमूल परिवर्तन गरिदिन्छ । साहित्यप्रति रुची नराख्नु भनेको ऐना नहर्ेर्ने वानी जस्तै हो, ऐना नहर्ेर्ने मानिसको अधिकतम दिन चर्या कि त एकान्तमा बित्छ, कि त कुनै अनकन्टार क्षेत्रमा विना जनसर्म्पर्कको कार्यक्षेत्रमा बित्छ । उसलाई जनसर्म्पर्क नरहेपछि जंगली आचरणमा वसे पनि, आदिम शैलीमा वसेपनि कुनै फरक महसुस हुदैन । उ सभ्यताप्रति उदासिन हुन्छ । उसलाई अग्रगमन होइन पश्चगमन प्यारो हुन्छ ।
सकारात्मक अग्रगमनका पारखिहरु साहित्यका शीष्य हुन् । साहित्यका अभिन्न अंगै हुन् भनेपनि हुन्छ । त्यसैले संसारलाई परिवर्तन गर्ने महापुरुषहरु साहित्यिक कर्ममा निरन्तर सम्वद्ध थिए । निस्कलंक र सौर्न्दर्ययुक्त प्रगतिवादी कदमका उपासकहरु आजपर्यन्त साहित्य श्रृजनाको इलममा समर्पित छन् । साहित्यको सिंगो रुप भाषा, गीत संगीत, कला, खेल, संस्कृति हुन् । यी पांच पक्षहरुको एकमुष्ट समायोजन विना साहित्य उभ्न सक्तैन । स्वदेशमा संस्कृति त्यसै प्यारो हुन्छ तर परदेशमा पर्राईको महौलमा आफना संस्कृति निरिह वन्छ । संस्कृति समुदाय विशेषको पहिचान हो । त्यसरी रोइरहेका आफना संस्कृतिको जगर्ेना गर्ने हेतुले सिंगो अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजको जन्म हुनु प्रवासिएका साहित्य प्रेमी नेपाली मात्रको लागी वेहद खुशीको उदीयमान बिहानी हो । त्यो बिहानीले साउदी अरवका प्रवासी नेपालीहरुको मुहार छोइसकेको छ । प्रवासिएका सवै जात जाती र नेपाली भाषा भाषीहरुको एउटै केन्द्र अनेसास हो भन्ने बुझेर सम्पर्ूण्ा साउदी अरवका साहित्यप्रेमीहरु एक जुट हुदै जाऔं भन्ने हाम्रो बिनम्र अनुरोध छ ।
हाम्रो नवगठित कार्य समितिमा मोती चाम्लीङ्गजी जहाजको कप्तान चुनिनु भएको छ । वहांको कार्य क्षमतामा खोट लाउने ठाउं शायदै पाइएला, किन भने साउदी मात्र नभएर पूरै खाडिको सेरोफेरोमा लेख रचनावाट उदाउनु भएका चाम्लीङ्गजी विगठित कार्यसमितिमा महासचिव जस्तो ओजपर्ूण्ा दायित्वलाई कुशलतापर्ूवक निर्वाह गरिसक्नुएको छ । वर्तमानमा अनेसासमा एउटा अविस्मरणिय कृति प्रबन्ध संग्रह “प्रवास वाट” विमोचन गराइसक्नु भएका चाम्लीङ्गजीको साहित्यिक यात्रामा जुझारुपनको ठोस प्रमाण झल्कन्छ ।
साउदी अरवको जनमानसमा “सिन्धुली आवाज” नामक कृति बिमोचन गराइसक्नु भएका भरत लामाले महासचिवको जिम्मेवारी लिइसक्नु भएको छ । यर्सथ पनि अडकल काटन कुनै मुस्किल छैन कि अनेसास साउदी च्याप्टरले निश्चय पनि छलाङ्ग मार्ने छ ।
साहित्यिक पारखीहरुलाई विभाजन हुन नदिई साउदी अरव भरी नै उपसमिति गठन गर्दै ऐक्यवद्ध भएर अगाडि वढने प्रतिवद्धता व्यक्त गर्दै नया समिति चयनका अध्यक्ष मण्डल लगायत सम्पर्ूण्ा सहयोगीहरुलाई हार्दिक धन्यवाद टक्रयाउन चाहन्छु । धन्यवाद ।
लेखक अनेसास साउदी अरव कार्यसमितिका उपसभापति हुनुहुन्छ ।