समय संचेतना, आप्रवासी लेखन र सुवेदीको अंकुर उपन्यास
एच्बी भन्डारी ‘प्रभात’
योर्क, पेन्सिल्भेनिया
दोश्रो विश्वयुद्धको समाप्तिसगैं उत्तरआधुनिक युगको लेखनको प्रादर्ुभाव भएपछि लेखकका कलमहरु संसारका व्यवस्थाहरुमा रमाउन सिक्न लागे । टी.एस्. इलियट द वेष्टल्यान्डमा रोए जस्तो रुन छोडे । युद्धले क्षतविक्षत संसार एकातिर थियो भने अर्कोतिर मान्छेको रगतको खोलो बग्यो, त्यहाँ धर्म संस्कृति, मानवीयता संपर्ूण्ा एकैचोटी खरानी भयो । विस्तारै संसारले युद्धबाट पाठ सिक्न लायो । (more…)