February 1, 2006

प्रेश विज्ञप्ति

कोलेराडोमा ९७ औं देवकोटा जयन्ति,
श्रष्टा सम्मान तथा कवि गोष्ठि

अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ९७ औं जन्मजयन्ति यही नोभेम्बर १२ शनिवारका दिन कोलेाराडो स्थित थर्नटोन पव्लिक लाइब्रेरीमा भव्य रुपमा वाल कविता प्रतियोगिता एवं कवि गोष्ठि गरी मनाउनका साथै अनेसासद्वारा स्थापित बिभिन्न साहित्यिक पुरस्कारहरुमध्ये यस बर्षनेपाली गीती कविताका लागि श्री हरिभक्त कटुवाल स्मृति अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार तथा नारी हस्ताक्षरका लागि स्वर्गीय श्री डिल्लीराम तिमसिना स्मृति अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गर्नुहुने कोलोराडोवासी क्रमशः ज्ञानेन्द्र गदाल र प्रमिला शर्मालाई च्याप्टरका तर्फाट सम्मान समेत गरियो ।

कार्यक्रमको शुरुवातमा वरिष्ठ गायक तथा संगीतकार टिका भण्डारीले देवकोटाद्वारा रचित मुनामदन र कुन मन्दीरमा जान्छो यात्री बोलका गीत गाएर उपस्थित सबैको मन आनन्दित पार्नु भयो । साहित्यप्रेमी एवं समाजसेवी श्री रमाकान्त अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन सुशिल त्रिपाठीले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ता डा. विजयराज शर्माले सम्मानित प्रतिभाहरुको परिचय गराउनका साथै महाकवि देवकोटा मानवतावादी कवि भएको उल्लेख गर्दै वहांका केही कविताहरु उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो । कार्यक्रमका अन्य वक्ताहरु श्री अजय प्रधान र राजेन्द्र शर्माले पनि देवकोटाको नेपाली भाषा साहित्यमा रहेको योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा सम्मानित प्रतिभा ज्ञानेन्द्र गदालले सिर्जनाको आप\mनै महत्व र धर्म हुन्छ भने सिर्जनाधर्मप्रति श्रष्टाको कर्तव्य पनि त्यत्तिकै महत्वपर्ूण्ा रहन्छ, जीवनमा भौतिक सुख शान्ति र यशका लागि मानिस जति मरिमेटे पनि अन्ततोगत्वा जीवनलाई जीवनजस्तो र्सार्थक बनाउने एक ससक्त माध्यम साहित्य सृजना पनि हो भन्नु हुंदै यो पुरस्कारले आप\mनो लेखन यात्रालाई अरु दरिलो बनाउनु पर्छ भन्ने दायित्तवबोध गराएको छ भन्नु भयो भने प्रमिला शर्माले आगामी दिनहरुमा लेखन यात्रामा निरन्तर लागिरहने मनशाय प्रकट गर्नु भयो ।

वाल कविता प्रतियोगितामा एलिशा ढकाल, शाकार शर्मा, दिक्षा गौतम र सुशान त्रिपाठीले क्रमशः प्रथम, दोश्रा, तेश्रा र सान्त्वना पुरस्कार पाए । पुरस्कृतहरुलाई नगद पुरस्कार तथा अनेसासद्वारा प्रकाशित एक एक प्रति अन्तदर्ृष्टि पत्रिका सभापति श्री अधिकारीले वितरण गर्नुभयो । कवि तथा कवियत्रिहरु प्रमिला शर्मा, प्रमोद घिमिरे, विजयराज शर्मा, ज्ञानेन्द्र गदाल र चन्द्रशेखर शर्माले कविता वाचन गर्नु भयो ।

रत्न भण्डारी
सचिव,
अनेसास कोलोराडो शाखा, डेन्भर ।

प्रेश विज्ञप्ति

डेन्भरमा स्वर सम्राट नारायणगोपालको संझना
गायक तथा संगीतकार टीका भण्डारी सम्मानित ।

यही डिसेम्बर १०, २००५ का दिन अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज, कोलोराडो शाखाको आयोजनामा स्वर सम्राट नारायणगोपालको १५औं स्मेति दिवस मनाइयो । वि सं १९९६ मा जन्मिएका नारायणगोपाल नेपाली गीत संगीत क्षेत्रका अद्धितीय प्रतिभा सावित भएका छन्, वि सं २०४७ मंसीर १९ गते उनको स्वर्गारोहणको दिनलाई हरेक बर्षनारायणगोपाल स्मृति दिवस मनाउने गरिन्छ ।

सो अवसरमा हाल अमेरिकामा रहनु भएका नेपालका चर्चित युवा गायक तथा संगीतकार टीका भण्डारीलाई अनेसास, कोलोराडो शाखाले सम्मान गर्नुकासाथै वहांको सांगीतिक प्रस्तुती टीका भण्डारी सांझ को समेत आयोजना गर्यो । उक्त सांगीतिक सांझमा गायक टीका भण्डरीले विभिन्न नयां पुराना नेपाली लोक, आधनिक, एवं चलचित्रका गीतहरु प्रस्तुत गर्नुका साथै डेन्भर निवासी सुमधुर स्वरकी धनि चर्चित गायिका नीलम श्रेष्ठका साथमा नारायणगोपालका पुराना ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो देखि मोहनी लाग्ला है सम्मका धेरै युगल गीतहरु गाएर उपस्थित दर्शकहरुलाई नेपाली संगीतको अनुपम आनन्द दिलाएका थिए ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष श्री ज्ञानेन्द्र गदालले सम्मानित श्रष्टाको परिचय गराउनुका साथै च्याप्टरका तर्फबाट वहांलाई दिइएको सम्मानपत्र पढेर सनाउनुभएको थियो । कार्यक्रमका अर्का वक्ता डा. विजयराज शर्माले सम्मानित प्रतिभालाई आगामी वहांको सांगीतिक यात्रामा सफलताको शुभकामना समेत दिनुभयो । उक्त कार्यक्रम समाजकी सदस्य सावु कार्कीले सञ्चालन गर्नुभएको थियो ।

रत्न भण्डारी
सचिव
अनेसास, कोलोराडो शाखा
डिसेम्बर १५, २००५

Press release

SAHITYA GOSTHI organized on last Saturday at my home was great success. More than 60 enthusiastic participants were there. Matter of fact, this is 2nd gosthi of this kind in Florida and the number of participants jumped over 100%. This is very encouraging fact and hope we can do much better in future events.

Ajaya Satyal, Abigya Neupane, Bhagwati Shrestha, Sabitri Shrestha, Renu Sharma, Bimal Nepal, Bishrut Nepal, Dr. Bidhya Subedi, Raju Tamrakar, Dipak Pradhan, Pushpa Pradhan, Sumitra Kayastha, Reecha Joshi and Sundar Joshi recites their poems. Thank you so much to Bikram Subba and Sishir Ranavat for sending your poems (through e-mail)for this special Gosthi. Thank you so much for everybody for your participation with your great poems.

Another good news is that we ( all participants at the Gosthi) have formed a INLS Florida Chapter.
Elected Executive Committee

President:- Sundar Joshi
1st. Vice President:- Dr. Bidhya Subedi
2nd. Vice President:- Pushpa Pradhan
General Secretary:- Bimal Nepal
Treasurer:- Dipin Malla
Member at large:- Sabitri Shrestha
Member at large:- Renu Sharma
Member at large:- Preeti Bhandari
Member at large:- Abigya Neupane
Member at large :- Sumitra Kayastha
Member at large:- Rupendra Sharma

Advisors will be nominated in the first meeting of Executive Committee.

On behalf of INLS Florida Chapter I would like to give special thanks to Mr. Ajaya Satyal, Mr. Sanjaya Bazracharya, Mr. Prabin Basnet and Mr Niraj Man Shrestha to provide your time to work as an Election Board.

I hope we will be able to achieve our goal under the guideline of INLS Central Committee.

My special thanks to Mr. Basu Shrestha, who insisted me to form Florida Chapter since many years. Mr. Bikram Subba and Meghraj Manjul equally deserve for all credit to establish this kind of chapter in Florida.

Once again, Thank you so much for all participants and well wishers.

Sincerely,
Sundar Joshi

Get free blog up and running in minutes with Blogsome | Theme designs available here


Zappos Coupon CodesWebstats4U - Free web site statistics
Personal homepage website counter
Free counter
free counters
Best Buy Coupons